धनुषाको महुवा–डुमरिया सडक साँसद अरगरियाद्धारा शिलान्यास
माचि झिटकैयादेखि महुवासम्म सडक बनेपछि मँगराहादेखि डुमरियासम्म पनि अझै बाटो बन्न सकेको छैनन् ।

२०७७ भदौ २२ सोमबार, दिउँसो ४:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले धनुषाको महुवादेखि डुमरियासम्मको सडकलाई शिलान्यास गरेका छन् ।
नेपाल भारतको सीमासँगै रहेको महुवा देखि शहिदनगर नगरपालिकाको वडा नं. ८ डुमरियाचोकसम्मको सडकलाई एक कार्यक्रमबीच शिलान्यास गरिएको हो । साँसद अरगरियाले शहिदनगर नगरपालिका वडा नं. ८ नाथपट्टि स्थित सो सडकको शिलान्यास गरेका हुन् ।
यसका साथै, नाथपटिट् टोलमै आरसीसी र सडक नालाको समेत शिलान्यास गरेका हुन् । मंगराहाको सिमा देखी नाथपट्टी दुई टोल बिसरभोरा हुँदै डुमरिया सडक सम्म कमला निर्माण सेवालाई जिम्मेवारी दिइएको हो ।
माचि झिटकैयादेखि महुवासम्म सडक बनेपछि मँगराहादेखि डुमरियासम्म पनि अझै बाटो बन्न सकेको छैनन् । माचि देखि महुवासम्म ग्राभेल गरिएको छ । साँसद अरगरियाले शिलान्यास गरेपछि सडक चाँडै बन्ने विश्वास स्थानीयहरुले गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…