कोरोनाबाट जोगिन समग्रद्वारा प्रहरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान
न्यूज ब्यूरो, सिरहा । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र कोरोनाबाट जोगिन जिल्ला प्रहरी कार्यालय सिरहालाई एक सामाजिक संस्थाले स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको छ । आम नागरिकको सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि बढाउने क्षेत्रमा काम गरिरहेका सामाजिक संस्था समग्र जनउत्थान केन्द्र लहान सिरह

२०७७ भदौ २० शनिबार, बेलुकी ५:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र कोरोनाबाट जोगिन जिल्ला प्रहरी कार्यालय सिरहालाई एक सामाजिक संस्थाले स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको छ ।
आम नागरिकको सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि बढाउने क्षेत्रमा काम गरिरहेका सामाजिक संस्था समग्र जनउत्थान केन्द्र लहान सिरहाले जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको हो ।
सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न देशव्यापी रुपमा चल्दै आएको विभिन्न खाले क्रियाकलाप सरह सिरहा नगरपालिकाले पनि कोरोना संक्रमणबाट नगरबासीलाई जोगाउन अग्र स्थानमा रही विभिन्न खाले प्रयास गर्दै आएको बताए ।
कोरोना संक्रमण जोखिम न्यून गर्ने यो महाअभियान भएको हुनाले यसलाई सफल र सार्थक बनाउन कुनै एक दुई पक्षले मात्र नहुने तर्फ गर्दै महाअभियानलाई सफल बनाउन समग्र संस्था जस्तै अन्य गैरसरकारीलाई सहयोगकारी भुमिका निर्वाह उनले आग्रह गरे ।
हालको कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितिमा लैंगिक हिंसाको प्रभावितहरुलाई सुरक्षित रुपमा सेवा प्रवाह गर्न तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र खास गरी जिप्रका भित्र रहेर महिला बालबालिकाको क्षेत्रमा विशेष सेवा प्रवाह गरिरहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सेवा प्रवाहलाई थप सुरक्षित बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक देवराज पोखरेलले बताए ।
समग्रले जिल्ला प्रहरी कार्यालयलाई सेनिटाईजर १ सय ग्रामको १२० थान, थ्रमो गन २ पिस, ग्लोब्स ६० जोर, सर्जिकल माक्स २ हजार पीस, के ९५ मास्क ६० पीस, सेनिटाईजर स्ट्याण्ड १ पीस, सेनिटाईजर ५ लिटरको २ ग्यालेन, पिपिई ५ सेट, गमबुट १० जोर लगायतका सामग्रीहरु प्रदान गरेको हो ।
युकेएडको आर्थिक सहयोग तथा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्रले संचालन गर्दै आएको सहज परियोजना अन्तर्गत उक्त सामग्रीहरु वितरण गरिएको सहज परियोजनाका परियोजना व्यवस्थापक कृष्ण साहले जनाए ।
सिरहा जस्तै समग्रले संचालन गर्दै आएको प्रदेश २ का ६ वटा जिल्लाका सुरक्षा निकायलाई सहज परियोजनाबाटै स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…