जग्गााको लागि दुई भाईबीच झडप, एकको अवस्था गम्भिर
उनको टाउको गम्भिर चोट लागेको र खाना समेत खान छाडेकी कमला नपा २ का वडाध्यक्ष धनेश्वर यादवले जनाए ।

२०७७ भदौ ४ बिहीबार, बिहान १०:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुई दाजुभाईबीच झडप हुँदा एक महिलाको अवस्था गम्भिर भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयामा दुई पक्षबीच झडप हुँदा १ महिलाको अवस्था गम्भिर भएको हो ।
माचि झिटकैयाको पश्चिमबारी टोली (भेडहरीटोल) बस्ने महाबीर महतो र डोमा महतोबीच केही जग्गाको लागि विवाद भएको थियो । विवाद उग्र रुप लिएपछि दुई दाजुभाईबीच झडप हुँदा परिवारिक सदस्यहरुलाई गम्भिर चोट लागेको हो ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाका अनुसार, गत सोमबार दुई दाजुभाईबीच झडप हुँदा डोमा महतोकी अन्दाजी ४५ बर्षिय श्रीमतिलाई महाबीर महतोका छोराहरुले चिरपटले हानेपछि गम्भिर घाईते भएकी हुन् ।
उनलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको र बुधबार मात्र पुनः गाउँ ल्याएका हुन् । उनको टाउको गम्भिर चोट लागेको र खाना समेत खान छाडेकी कमला नपा २ का वडाध्यक्ष धनेश्वर यादवले जनाए ।
जग्गाको विषयमा दुई दाजुभाईबीच झडप भएको र सो क्रममा दुवै तर्फबाट उनका छोराछोरी, श्रीमति सबै परिवारिक सदस्यहरुबीच लडाई भएको थियो । घाईते दुवै पक्षबाट भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…