भारत नेपाल व्यापार मेला देहरादुनमा
भीमदत्तनगर, २० माघ : भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले उद्घाटन गर्दै उत्तराखण्ड सरकार दुई देशबीच व्यापारिक

२०७४ माघ २० शनिबार, बिहान १०:११ बजे१ मिनेट पढाइ

भीमदत्तनगर, २० माघ : भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले उद्घाटन गर्दै उत्तराखण्ड सरकार दुई देशबीच व्यापारिक र पर्यटन सम्बन्ध स्थापित गर्न तयार रहेको धारणा राख्नुभयो ।
वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले दुई देशबीच व्यापारिक र पर्यटन महोत्सवले निकै फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले व्यापार र पर्यटन मेलाले स्वदेशी उत्पादनले बजार पाउने बताउनुभयो ।
मेलामा नेपाल र भारतका कृषि उत्पादन, हस्तकला र विजयसालका सामग्री, जडीबुटी, खाद्य वस्तुका साथै पहिचान झल्काउने वस्तुका ५० भन्दा बढी कक्ष राखिएको कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले जानकारी दिनुभयो । कञ्चनपुर उद्योग वाणिज्य संघको पहलमा भएको मेला यही माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…