२० किलो चरेश बरामद
न्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसवता बाट गयराती ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेका छन। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुर को सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङको नेतृत्व मा रहेको टोलीले २० किलो लागुऔ

२०७७ भदौ २ मंगलबार, बिहान १०:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसवता बाट गयराती ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेका छन।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुर को सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङको नेतृत्व मा रहेको टोलीले २० किलो लागुऔषध चरेस बरामद गरेको छ ।
नेपाल को मुडली टिनडोबिया बाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा गुप्त सुचना को अधारमा सशस्त्र प्रहरी ले ३८ पोकामा रहेको चरेस दसौता गाउँ नजिक बाट बरामद गरेको छ।
चरस तस्करहरुले प्रहरीलाई देख्नासाथ चरेसको पोका फालेर भागेका थिए ।बराम्मद भएको चरेस ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जनाएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…