तिन लाख नगद सहित हुन्डीकारोबारी पक्राउ
न्यूज ब्यूरो, बीरगँज । पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं २ टिहुकीबाट प्रहरी चौकी टिहुकीले नेपाली नोट समेत एक जना कारोबारी लाई पक्राउ गरेको छ। झोलामा नेपाली नोट लिएर भिस्वा तरफ आईरहेको अवस्था मा चेकजाँच को क्रममा नेपाली ३ लाख आठ सय पचास रुपैया बरामद गरेको छ। प्रहरी चौकी टिहुकी का प्रहरी

२०७७ भदौ १ सोमबार, दिउँसो ३:५३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बीरगँज । पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं २ टिहुकीबाट प्रहरी चौकी टिहुकीले नेपाली नोट समेत एक जना कारोबारी लाई पक्राउ गरेको छ।
झोलामा नेपाली नोट लिएर भिस्वा तरफ आईरहेको अवस्था मा चेकजाँच को क्रममा नेपाली ३ लाख आठ सय पचास रुपैया बरामद गरेको छ। प्रहरी चौकी टिहुकी का प्रहरी सहायक निरिक्षक पवन झा को नेतृत्व मा रहेको टोली ले मोटरसाईकल मा सवार लाई चेक जाँच गरने क्रममा तीन लाख आठ सय पचास रुपया समेत हुन्डीकारोबरी लाई पक्राउ गरेको छ।
बरामद नगद रुपैयाँ को स्रोत नखुले को जनाए का छन।नगद समेत पक्राउ परेका हुन्डीकारोबारी छिपहरमाई गाउँपालिका वार्ड नं २ चरगाहा गाउँ निवासी सतेन्द्र कुमार गुप्ता रहेको छ।
प्रहरी का अनुसार पक्राउ परेका गुप्ता हुन्डि कारोबारी रहेको छ। पक्राउ परेको कारोबारी पहिला देखिनै बिभिन किसिमका अबैध करोबार गर्दै आई रहेको ले बिहान चेकजाँच गर्दा नगद समेत मोटरसाईकिल र हुन्डीकारोबारी लाई पक्राउ गरिएको छ।
पक्राउ परेको गुप्ता को साथ बाट दुई वटा मोबाइल समेत बराम्द भएको छ। मोबाइल , नेपाली नं मोटरसाइकल ना ६५ प १७८१ नम्बर को मोटरसाईकल मा सवार हुन्डीकारोबारी र नगद रुपैया लाई ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरी निरिक्षक चन्द्रसिंह ले जनाएका छन।
बरामद रकम को किसिम १ हजार को तीन सय १ सय को आठ वटा र पचासको एउटा रहेको प्रहरीले जनाएका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…