धनुषामा अब पसलहरु १० बजेसम्म मात्र खोल्न पाइने
कन्टयाक्ट ट्रयासिँग गर्दा स्वास्थ्य कार्यालयलाई सम्बन्धित स्थानीय तहले समन्वय र सहयोग गर्न भनिएको

२०७७ साउन ३२ आइतबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि समुदाय स्तरमा कोरोना सँक्रमण बढेको भन्दै पसलहरु विहान १० बजेसम्म मात्र खोल्न पाइने निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषा र सिडिओ भट्टराईको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा कोरोना सँक्रमणको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विहान १० बजेसम्म मात्र पसल खोल्न पाइने भएको छ । आज राती १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि सो निर्णय गरिएको जनाइएको छ । पछि अवस्था हेरी यसलाई निरन्तरता दिइने जनाइएको छ ।
यसका साथै, जस्तोसुकै पसल भएपनि पसलेले अनिवार्य रुपमा मास्क, ग्लोब्स (पँजा) र सेनिटाइजर प्रयोग गरी मात्र क्रेतलाई समान दिन भनिएको छ । सो क्रममा क्रेतालाई मास्क, पँजा नभएको अवस्थामा पसलेले अनिवार्य रुपमा क्रेतालाई सो समाग्री उपलब्ध गराउनुपर्ने हुन्छ । त्यस्तो गरिएको नपाइए कानुन बमोजिम कारवाही गरिने जनाइएको छ ।
जिल्लाभरि पसलहरुमा उद्योग वाणिज्य संघ धनुषा र स्थानीय प्रशासनले सोको निगरानी र अनुगमन गरिने जनाइएको छ । ग्रामिण भेक शहित शहरिया क्षेत्रमा लाग्ने हाट बजारमा भौतिक दुरी कायम गरी मात्र बजार लगाउन निर्देशन दिएको हो । सोको अनुगमन भने स्थानीय तह अर्थात, सम्बन्धित गाउँपालिका, नगरपालिकाले गर्ने भएको छ ।
सिडिओ भट्टराईले जनकपुरको विभिन्न स्थानमा वा अन्य ठाउँमा पनि डेरामा बस्ने स्वास्थ्यकर्मीसँग घरबेटी (घरपट्टी) ले दुरव्यवहार गर्ने गरेको व्यापक गुनासो बढेको भन्दै दुरव्यवहार गरेको पाइए तत्काल उजुरीको आधारमा घरबेटीलाई कारवाही गरिने बताएका छन् ।
सबै स्थानीय तहहरुमा कन्टयाक्ट ट्रयासिँग गर्दा स्वास्थ्य कार्यालयलाई सम्बन्धित स्थानीय तहले समन्वय र सहयोग गर्न भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…