एड्भोकेसिको त्रिदिवसीय राष्ट्रिय युवा सम्मेलनमा चर्को बहस
उक्त सम्मेलनलाई एड्भोकेसिका अभियान संयोजक दिवाकरले सहजिकरण गरेका थिए।
२०७७ साउन ३० शुक्रबार, बिहान ९:१५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । युथ एड्भोकेसि नेपालको संयोजनमा सम्पन्न गरिएको त्रिदिवसीय सम्मेलनमा सबै पक्षलाई सहभागी गराएर वर्तमान परिस्थिति उपर चर्चा परिचर्चा गरिएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२० को सन्दर्भमा आयोजना गरिएको भर्चुअल राष्ट्रिय युवा सम्मेलन २०२० को अवसरमा स्थानीय जनप्रतिनीधि, आम नागरिक, शिक्षाविद, स्वास्थ्य क्षेत्रका व्यक्तित्व गरी सबै पक्षलाई सहभागी गराएर समस्या उपर छलफल गरिएको हो ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधब दुङ्गेलद्वारा उद्धाटन सत्रबाट सुरु गरिएको कार्यक्रममा पहिलो दिन दुईवटा प्यानल सेसन संचालन गरिएको बारे युथ एड्भोकेसि नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले बताउनुभयो।
राष्ट्रिय योजना आयोगका सदस्य उषा झा तथा शिक्षाविद प्रो.डा. मनप्रसाद वाग्ले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा र युनेस्कोका प्रतिनिधि बलराम तिमिल्सिना बिच “नेपालमा कोभिड –१९ ले निम्ताएको शिक्षाको अवस्था, चुनौति र सम्भावनाहरु” बिषयमा गहन विश्लेषणात्मक छलफल गरिएको थियो । उक्त छलफललाई डा. तारालाल श्रेष्ठद्वारा सहजिकरण गरिएको थियो ।
छलफलमा बोल्दै शिक्षाविद वाग्लेले भने सरकारले जनस्वास्थ्य शिक्षा सुदृढीकरण गर्नु पर्ने तथा शिक्षामा सबैको समान पहुँच नभएका हुनाले त्यसमा बिषेश गृहकार्य गर्न सुझाएका थिए ।
यसलाई नै जोड्दै उषा झाद्वारा नितिलाई कार्यव्यवस्थामा सरकार लाग्ने तथा शिक्षामा लगानी बढाउन पनि बताउनु भयो । प्रवक्ता शर्माले मन्त्रालयले छिटै अहिले को विकराल अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक शिक्षामा लगानी गर्ने समेत बताएका थिए ।
सोहि दिन दोस्रो सत्र ूकोभिड (१९ को सन्दर्भमा स्वयमसेवा विषयमाू छलफल गरिएको थियो । छलफलमा युएन्भिकी मुन गुरुङ, रेस्टलेस डेभलपमेन्टकि काजल प्रधान, भीयसो नेपालकि सिखा श्रेष्ठ, एक्सनएड् नेपालका सरोज पोख्रेल, एन्डिवाएयन् का महेन्द्र थापा र एमर्जेन्सि रेस्पोन्स सेन्टरका अरुण खड्का बिच छलफल भएको थियो भने सहजिकरणमा ग्रासरुट डेभलपमेन्टका दिपक सोनि रहेका थिए ।
दोस्रो दिन अर्थात् २८ गते प्रदेश २ स्तरिय युवा सम्मेलन गरिएको थियो । जसमा प्रदेश २ का भुमि व्यवस्था, तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको प्रमुख अतिथिमा “मानवअधिकार तथा शिक्षामा युवाको भुमिका” भन्ने सन्दर्भमा कार्यक्रम गरिएको थियो । उक्त सम्मेलनलाई एड्भोकेसिका अभियान संयोजक दिवाकरले सहजिकरण गरेका थिए।
सो क्रममा राज्यमन्त्री यादव र शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) बीच डिबेट चलेको थियो । युवाहरु समेत सहभागी सो कार्यक्रममा मन्त्री यादवले गरेको ५ कार्यहरु र मेयर बरबरियाले गरेको युवमुखी ५ कार्यहरुको बारेमा प्रश्न तेर्साइएको थियो ।
दुवै जनाले आ आफ्नो तवरबाट युवाहरुलाई जवाफ फर्काएका थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युतीकरणको बारेमा शहिदनगर नगरपालिकाले सदैव अग्रसरता देखाएको बताइएको थियो ।
अन्तिम दिन कोभिड–१९ बिच अन्तराष्ट्रिय युवाहरुको अनुभव आदानप्रदान कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा १८ वटा देशका युवाहरु सहभागी भएका थिए ।
उक्ता कार्यक्रम १८ देशका युवाहरुले कोभिड(१९को अवस्था, युवामा परेको प्रभाव र सरकारको जवाफदेहिता बिषयमा अनुभव आदानप्रदान गरेका थिए साथै कार्यक्रममा अतिथि वक्ताको रुपमा युनेस्कोका देशिय निर्देशक । क्रिस्टिएन मान्हर्ट , एक्सनएड् नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमा, युएनभिकी देशिय निर्देशक मुन गुरुङ र डा। उद्दब प्याकुरेलले मन्तव्य राखेका थिए। कार्यक्रमको अध्यक्षता युथ एड्भोकेसि नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले गरेका थियो ।
उक्त तिनदिने सम्मेलनमा युथ एड्भोकेसि नेपालले युनेस्को, भियसो, एक्सनएड् नेपाल, रेस्टलेस डेभलपमेन्टक, युएन्भि नेपाल लगायत ४० भन्दाबढि संघसंस्थाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…