सिरहा नगरपालिकाद्वारा सच्याएर खर्च विवरण सार्वजनिक
कुनैकुनै सामान खरिदमा अघिल्ला विवरणमा हुन गएको बढी रकम टाइपिंग त्रुटिले भएको बताए ।

२०७७ साउन २८ बुधबार, राति ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिकाले सार्वजनिक गरेको कोरोना रोकथामको खर्च विवरण सच्याएर सार्वजनिक गरेको छ ।
नगरपालिकाले यसअघि सार्वजनिक गरेको विवरणमा टाइपिंग त्रुटि भएको दावी गर्दै सुधार गरी हिसाब मिलान सहितको ५ कारोड ९१ लाख १८ हजार २ सय ९७ रुपैयाँको खर्च विवरण सार्वजनिक गरेको हो ।
यसयघि मिडियामा आएको सामाचारले ध्यानाकर्षण भएको बताउँदै त्रुटिप्रति क्षमा माग्दै हिसाब सुधारको विवरण प्रशासकीय प्रमुख बलिराम यादवले प्रस्तुत गरे । कोभिड खर्च सम्बन्धमा सामाजिक सञ्जालमा भइरहेको टिक्काटिप्पनी टाइपिंग मिस्टेकै कारणले भएको भन्दै गलतीप्रति उनले आत्मलोचना गरे ।
उनले नेपाल भारतको सीमा नाकासँग जोडिएको नगरपालिकामा भारतबाट खरटोका नाका हुँदै नेपाल भित्रिनेका संख्या उच्च रहको कारण कोरोना रोकथाम तथा नियन्त्रणमा बढी खर्च भएको दावी गरे ।
सार्वजनिक विवरणमा देखाइएको खर्च देख्दा अस्वभाविक लागेपनि यो नगरपालिका सीमासँग जोडिएको र विभिन्न ठाउँमा क्वारेन्टाइन संचालन गर्नुपरेको तथा बढी वडा भएका कारण बढी खर्च भएको उनको दावी छ ।
कुनैकुनै सामान खरिदमा अघिल्ला विवरणमा हुन गएको बढी रकम टाइपिंग त्रुटिले भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…