सिरहामा पारदर्शीताको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
करोडौं भ्रष्टाचार लुकाउन बन्द कोठा भित्रै परिषद् गरेपछि प्रदर्शन गरेको उनले बताए ।

२०७७ साउन २८ बुधबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा जनमत पार्टीले प्रदर्शन गरेको छ ।
गाउँपालिकाले व्यापक अनियमितता गरिरहेको भन्दै जनमत पार्टीले पारदर्शीताको माग गर्दै प्रदर्शन गरेको हो ।
गत आर्थिक वर्षको आयव्यय तथा कोरोना रोकथाममा देखाएको खर्चको शिर्षक सहितको विवरण माग गरेपनि नदिएर गाउँ परिषद् गर्न लागेपछि परिषद् भवन घेराउ गरेर प्रदर्शन गरेको जनमतका दिपेन्द्र यादवले जानकारी दिए ।
औरही गाउँपालिकाले आज सीतिम व्यक्तिहरुकै सहभागितामा गाउँ परिषद् गरेको छ । विभिन्न बहानामा गरेको करोडौं भ्रष्टाचार लुकाउन बन्द कोठा भित्रै परिषद् गरेपछि प्रदर्शन गरेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…