बारामा क्रसर उद्योग बन्द
त्यसैले बाध्य भएर छलफलबाट नटुगिंएसम्मका लागि क्रसर बन्द गराएको छौं ।

२०७७ साउन २८ बुधबार, दिउँसो ४:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको निजगढका यूवाहरुले आज क्रसर उद्योग बन्द गराएछन् । निजगढ नगरपालिका वडा नं। ९ स्थित लालबकैया खोला छेउमा सञ्चालित आधा दर्जन क्रसर उद्योग बन्द गराएका हुन् ।
नदी उत्खनन् गरेर थुपारेको नदीजन्य पदार्थ मापदण्ड विपरित निकाल्दा बस्ती संकटमा परेको भन्दै विरोध गर्दै आएका स्थानीयले क्रसर बन्द गराएका हुन् ।
पटक पटक छलफल गर्दासमेत मापदण्ड विपरित कार्य भएको पाईएकाले समस्या समाधान नभएसम्मका लागि क्रसर बन्द गराईएको स्थानीय हेमलाल श्रेष्ठले बताएका छन ।
अवैध रुपमा नदी उत्खनन् गर्दासमेत नगरपालिकाले चासो नदिएको प्रकाशबस्ती टोल विकास संस्थाका अध्यक्ष सागर थोकरले जानकारी दिएका छन ।
सार्वजनिक जमिनमा जथाभावी रुपमा नदीजन्य पर्दाथ थुपार्ने गरेको पाईएको छ उनले भने जमिनको सतहभन्दा बढी खनेर निकाल्ने कार्य रोक्ने काम भएको छैन । त्यसैले बाध्य भएर छलफलबाट नटुगिंएसम्मका लागि क्रसर बन्द गराएको छौं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…