डा. सिके राउतलाई अब जनकारवाही सिकाउँछौँः यादव 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेता यादवले भने, –“जनकारवाही मात्र सिके राउतलाई थाहा छ ?

२०७८ माघ ८ शनिबार
बिहान ०९:४३ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता नविन यादवले डा. सिके राउतलाई हामीले जनकारवाही सिकाउने चेतावनी दिएका छन् । 

जनकारवाही कसरी गरिने भनेर डा. सिके राउतमाथि नै जनकारवाही गर्ने चेतावनी दिएका छन् ।  जनकारवाही गर्ने अधिकार मात्र जनमत पार्टीको नभएको बताउँदै उनले त्यो अधिकार जसपाको पनि रहेको बताउँदै डा. राउतलाई जनकारवाही गर्ने चेतावनी दिएको हो । 

किसान आन्दोलनको नाममा लाठी, भाटा लिएर बारम्बार जसपाका नेता कार्यकर्तामाथि प्रहार गर्ने चेष्टा गरेको भन्दै उनले अब प्रतिकारमा आफूहरु पनि जनकारवाही गर्ने चेतावनी दिएको हो । 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेता यादवले भने, –“जनकारवाही मात्र सिके राउतलाई थाहा छ ? हामीलाई थाहा छैन ? के हामी जनकारवाही गर्न सक्दैनौँ ? जनकारवाही के र कस्तो हुनुपर्छ भनेर जनमत पार्टीलाई होईन, डा. सिके राउतलाई नै सिकाउन सक्छु ।”

लोकतन्त्रमा विरोध गर्ने, कालो झण्डा देखाउने, प्रदर्शन गर्ने अधिकार सबैको रहेको भन्दै पटक पटक जनकारवाहीको नाम दिएर उच्छृँगल गतिविधि गरेको भन्दै डा. राउतमाथि नै जनकावाही गर्ने चेतावनी दिएको हो । 

जसपाकी नेतृ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले गौरमा दिएको अभिव्यक्तिको भाव डा. राउतको हत्या गर्ने वा किसानहरुलाई हत्या गर्ने नरहेको भन्दै उनले बचाउ गरे । 

शुक्रबार बिहान मधेश प्रदेशका कृषि राज्यमन्त्री एवम् गौरमा बलिदानी दिवस आयोजना गर्ने योगेन्द्र राय यादवले मन्त्री यादवको बचाउ गरेका हुन् । उनको अभिव्यक्ति स्वीकार गर्दै उनले भने भाव त्यो नरहेको दाबी गरेका थिए । 

गत माघ ५ गते रौतहट जिल्लाको गौरमा जनमत पार्टीका कार्यकर्ता एवम् किसानहरुले मन्त्री यादवलाई लखेटेपछि आक्रोसित भई उनले जनमतका अध्यक्ष डा. सिके राउत सहित आन्दोलनरत किसानहरुसहित जनमतका कार्यकर्तासँग पनि दोस्रो गौर घटना दोहरयाउन सक्ने अभिव्यक्ति दिएकी थिइन् । 

  • 3%
  • 87%
  • 0%
  • 0%
  • 3%
  • 5%

धनुषामा सशस्त्र प्रहरीका घुमुवा मण्डल र रामको असुली धन्दा, सेटिँग गरी भारत पठाउँछन दारु

  • २०७८ माघ ८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एसपी सरुवा भएलगत्तै सशस्त्र प्रहरीका घुमुवा सुरेन्द्र मण्डल र रँजीत रामले असुली धन्दालाई तीव्रता दिएका छन् ।  दक्षिणी धनुषामा सक्रिय रहेका सुरेन्द्र मण्डल र

पूरा पढ्नुहोस्

Bureau Menus

} }