जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा नेता झाले कमला नगरपालिकामा जसपा कतिको बलियो वा नेकपा एस कतिको बलियो छ भनेर आगामी २०८४ को चुनावभन्दा अगाडी नै तय हुने र समयले बताउने प्रतिक्रिया दिए ।

२०८१ भदौ ३१ सोमबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।
आईतबार जसपा नेपालका जिल्ला अध्यक्ष पशुपति यादवले नेता रामचन्द्र झाप्रति गरेको टिप्पणीमाथि प्रतिक्रिया दिँदै झाले उनलाई राजनीतिमा बच्चा रहेको सँज्ञा दिए ।
उनले बच्चाको बोलीमा खासै कुनै प्रतिक्रिया दिन नचाहेको बताउँदै कमला नगरपालिकामा जसपा कतिको बलियो छ त्यो समयले बताउने प्रतिक्रिया दिए ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा नेता झाले कमला नगरपालिकामा जसपा कतिको बलियो वा नेकपा एस कतिको बलियो छ भनेर आगामी २०८४ को चुनावभन्दा अगाडी नै तय हुने र समयले बताउने प्रतिक्रिया दिए ।
उनले भने, “पशुपति अहिले राजनीतिमा बच्चा छ, बच्चाको बचकैयलाई के जवाफ दिनु, म त्यसलाई आवश्यक ठान्दिन्न् ।”
कमला नगरपालिकामा जसपा बलियो रहेको सन्दर्भमा बोल्दै उनले यो केही दिनमै थाहा हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…