जनकपुरका असल अभियन्ताहरुः ४६ दिनसम्म निःस्वार्थ समाजसेवा गरी सबै हिसाब गरे पारदर्शी
कुल ४ लाख ८७ हजार ७० रुपैया नगद रकम आर्थिक सहयोग प्राप्त गरेकोमा ४ लाख ४९ हजार ८ सय ३५ मात्र खर्च गरि त्यती धेरै काम गरेका छन् ।

२०७८ असार २९ मंगलबार, बिहान ९:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीको दोस्रो लहरमा गरिब, विपन्न, असहायलाई ४६ दिनम्म निःस्वार्थ सेवा गरी सबै हरहिसाब पारदर्शी गर्ने जनकपुरका असल अभियन्ताहरुको चर्चा चलेको छ ।
दोस्रो लहरको क्रममा ४६ दिनसम्म निःस्वार्थ भावनाले सेवा गरी सो अवधीमा गरेको कार्य प्रगति, सेवा र सहयोगमा खर्च भएको तथा उठाइएको चन्दाको पनि समेत पत्रकार सम्मेलन गरी पूर्णत पारदर्शी गरेको छ ।
जनकपुरका मात्र १९ देखि २४ वर्ष उमेर समुहका १५ जना युवाहरु मिलेर बनाएको महामारी नियन्त्रण तथा व्यवस्थापन समिति (पिसीएमसी) ले मात्र ३ लाख ८० हजारमा पाँच हजार भन्दा बढी भोकालाई अण्डा र मासु सहितको खाना, २ सय २३ भन्दा बढीलाई खाद्यान्न समाग्री राहत, १७ भन्दा बढीलाई औषधी, क्रमश १७ र २१ जना भन्दा बढीलाई एम्बुलेन्स र रक्त आपुर्तीको सेवा प्रदान मात्र गरेको छैन पत्रकार सम्मेलन गरि सवै हरहिसाव पार्दर्शी समेत गरेका छन् ।

दोस्रो चरणको कोरोना महामारीमा कुल ४६ दिन काम गरेको समयमा विभिन्न दाताहरुबाट कुल ४ लाख ८७ हजार ७० रुपैया नगद रकम आर्थिक सहयोग प्राप्त गरेकोमा ४ लाख ४९ हजार ८ सय ३५ मात्र खर्च गरि त्यती धेरै काम गरेका छन् ।
त्यसमा पनि खर्च गरेको यस रकममा ७० हजार रुपैया समितिका एक सदस्य अक्षय अधिकारीको दुर्घटनामा भएको उपचार खर्चमै गएको देखिन्छ, अर्थात उनीहरु ३ लाख ८० हजारमै यति काम गरेका रहेछन ।
उनीहरुका सहयोगी र सल्लाहकार समाजसेवी कृष्णचन्द्र साहले युवाहरुले उमेर अनुसारको आफनो अनुभव तथा संकलित न्युन रकमको हिसाव गरेको काम उत्कृष्ट रहेको बताउदै प्रशंसा गरेका छन् ।
साहले भने, ‘१५ जना कसैलाई थाकेको मैले सुनिन, जति बेला जहाँ बोलाउँदा पनि तुरन्त पुग्ने जोस उनीहरुमा छ, अव उनीहरुले समाजका लागि ठुला स्तरको काम गर्नपर्दछ ।’

समितिका संयोजक कैयुम राइनले आफुहरु यो काम परिक्षणको रुपमा गरेको बताउदै अव अनुभव र सफल भएपछि समाजसेवाको विस्तारित काम सहित आउने बताए ।
पत्रकार सम्मेलनमा उपस्थित भर्खरका युवाहरु आकाश साह, विकास साह, आनन्द मिश्र, शिवेन्द्र साह, अभिशेष झा र न्यूज ब्यूरोका पत्रकार समेत रहेका सलामत राइन सहितकाहरु पत्रकार सम्मेलनमा समेत आ–आफनो काम र जिम्मेवारीमा प्रतिवद्व देखिए ।
संयोजक राइनका अनुसार यस परोपकारी काममा उनीहरुलाइ अमेरिका स्थित मधेशीहरुको संस्था माँ, एन्टा र एमआरएफ सहितका अन्तराष्ट्रिय संघ संस्थाले सहयोग र हौसला प्रदान गरेको हो ।

यता, धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने उमेश यादव बचाउ अभियानमा चन्दाको नाममा उठाएको लाखौं रुपैयाँ आफूलाई अभियन्ता भन्ने सरोज रायले अझै हरहिसाब पारदर्शी गरेका छैनन् ।
किशोर र भर्खरका युवकहरुको समूहले कोरोनाको दोस्रो महामारी गरेको समाज सेवा र हरहिसाबको पारदर्शी गरेपछि असल अभियन्ता को भनेर प्रश्न पनि गरिएको छ । आफूलाई अभियन्ता भनाउनेहरु लाखौं लाख रुपैयाँ असुलेर गायब हुने गरेका छन् भने यी युवकहरुले देखाएको कार्यलाई असल समाजसेवी भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…