सँचारकर्मी दुरव्यहारप्रति मुख खोले प्रेसचौतारी
जनकपुरधाम, १९ माघ । जनकपुरका सँचारकर्मी राजकमल सिँहलाई दुरव्यहार गरेको भन्दै प्रेस चौतारी नेपालले ध्यानाकर्षण गरेको छ । शुक्रबार प्रेस चौतारी धनुषा शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै भन्सार कार्यालयका कार्यालय प्रमुख तथा सवारी चालकले पत्रकार सिँहलाई आफनो कार्यालय बोलाई गालीबेजती तथा धाकधम्की दिएको

२०७४ माघ १९ शुक्रबार, दिउँसो ३:५५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १९ माघ ।
जनकपुरका सँचारकर्मी राजकमल सिँहलाई दुरव्यहार गरेको भन्दै प्रेस चौतारी नेपालले ध्यानाकर्षण गरेको छ ।
शुक्रबार प्रेस चौतारी धनुषा शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै भन्सार कार्यालयका कार्यालय प्रमुख तथा सवारी चालकले पत्रकार सिँहलाई आफनो कार्यालय बोलाई गालीबेजती तथा धाकधम्की दिएको भन्दै आपति जनाएको छ ।

कार्यालय प्रमुख हेमचन्द्र शर्मा र करारमा नियुक्त सवारी चालक प्रकाश यादवले सिँहलाई आफूविरुद्ध समाचार लेखेको भन्दै धाकधम्की सहित गाली बेइजती गरेको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग विज्ञप्ति मार्फत गरिएको छ ।
समयमै दोषीलाई कारवाहीको दायरामा नल्याए दुरव्यहार विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत प्रेस विज्ञप्ति मार्फत दिइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…