शिवशक्ती बहुउद्देश्य युवा क्लबद्वारा माक्स वितरण
कार्यक्रम किसानपुर चौकमा संचालन गरेको र दुइहजार माक्स वितरण गरिएको क्लबको सचीवले जानकारी गराए।

२०७७ साउन २७ मंगलबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं. ७ मा सर्वसाधारणलाई मास्क वितरण गरिएको छ ।
धनुषाधाम नपा ७ को किसानपुरमा कोरोना भाइरस महामारी समुदाय स्तरमै फैलिएको भन्दै सर्वसाधारणलाई सँक्रमणबाट बचाउन मास्क वितरण गरिएको हो । महामारीबाट बचाउनका लागि हरेक क्लबहरुको काधमा जिम्मेवारी आएको बताउँदै क्वलका पदाधिकारीहरुले मास्क वितरण गरेका छन् ।
समुदायको हितका लागी युवा क्लबले अग्रसर भएर काम गर्नुको विकल्प नरहेको भन्दै क्लबको अध्यक्ष किरण कापरले बताए । कार्यक्रम किसानपुर चौकमा संचालन गरेको र दुइहजार माक्स वितरण गरिएको क्लबको सचीवले जानकारी गराए।
धनुषाधाम नगरपालिकाले गरेको नगर भित्र सभा समेलन,पार्टी र बजार सन्चालनमा रोक निर्णय कार्यनयनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।आज पनि मुख मुख्य बजार प्रहरीले बन्द गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…