प्रधानन्यायाधीशमाथि नेपाल बारले उठायो प्रश्न
प्रधानन्यायाधीशले त्यस अनुसार काम नगरेको उनले टिप्पणी गरे ।

२०७७ साउन २७ मंगलबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायपालिकाभित्रको विकृति विसंगति अन्त्यका लागि प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराको भूमिका सन्तोषजनक नभएको बताएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादन र न्यायपालिकाको विकृति विसंगति अन्त्यका लागि व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताए ।
२०७५ सालमा बहाली हुँदा न्यायपालिकाभित्रको विकृति विसंगति हटाउँछु भनेर प्रतिवद्धता जनाए पनि प्रधानन्यायाधीशले त्यस अनुसार काम नगरेको उनले टिप्पणी गरे ।
सक्षम न्यायाधीश नियुक्त भए मात्र न्याय सम्पादनमा विकृति विसंगति नदेखिने भन्दै उनले न्यायाधीश नियुक्तिमै कमजोरी भएको बताए । उनले न्यायालयको अनुगमन नियमन गर्ने न्यायपरिषदले नै ठीक ढंगले काम नगरेको धारणा राखे ।
बार एशोसिएशनले न्याय सम्पादनमा भएका विकृति विसंगति हटाउन भन्दै प्रधानन्यायाधीश समक्ष विभिन्न १७ बुँदे मागसहितको पत्र बुझाएको छ । नेपाल बार एशोसिएसनले विद्युतीय प्रणालीबाट पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेको छ ।
सबै तहका अदालतहरुमा पेशी तोक्ने प्रणालीमा विभिन्न त्रुटी कमजोरी रहेको र सोही कारणबाट न्यायपालिकाले आफैंले जनआस्था अभिवृद्धि गर्न नसकेको भन्दै बारले पेशी तोक्ने, प्रकाशन गर्ने काम महिनाभित्रै स्वचालित प्रणाली लागू गर्न आग्रह गरेको हो ।
प्रधानन्यायाधीश जबरालाई बुझाएको पत्रमा बारले स्वचालित पेशी प्रणाली लागू नहुन्जेलसम्म उच्च अदालतको वाणिज्य इजलासमा विज्ञताका आधारमा न्यायाधीश तोक्ने काम गर्न आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…