खानेपानीका ईन्जिनीयर साह १० लाख बढी रुपैयाँ सहित पक्राउ
रकम सहित आईतबार नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

२०७७ साउन २६ सोमबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रुपन्देही । नेपाल खानेपानी संस्थानका एक ईन्जिनीयर १० लाख बढीको श्रोत नखुलेको रकम सहित अख्तियारको फन्दामा परेका छन् । नेपाल खानेपानी सँस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका हुन् ।
साहले खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुसररिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।
टोलीले इन्जिनियर साहलाई उक्त संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाण्डौ जाँदै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं. ८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा पक्राउ परेका छन् ।
साहसँग रहेको श्रोत नखुलेको नगद रकम २ लाख ३३ हजार ५०० रुपैयाँ र बैंकमा जम्मा गरेको बैंक भौचर ८ लाख २२ हजार बराबरको रकम सहित आईतबार नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…