कमला नगरपालिकामा बिना कार्यादेशको कुनै पनि विज्ञापनको भुक्तानी दिने छैनौँ : अधिकृत सढान
बजारमा प्रकाशित नै नहुने पत्रिका, दर्ता भएर मात्र राखिएको पत्रपत्रिकाहरुले जथाभावी आफूखुसी नचाहिने सूचनाहरु प्रकाशित गरेर भुक्तानी माग्न आउँदा कार्यालयलाई समेत सास्ती भएको गुनासो अधिकृत सढानको छ । उनले यसपालीदेखि बिना कार्यदेशको कुनै पनि भुक्तानी नहुने बताए ।

२०७८ असोज १३ बुधबार, दिउँसो ४:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढानले अब पूर्व स्वीकृति वा विना कार्यादेशको कुनै पनि भुक्तानी नदिने निर्णय गरेका छन् ।
विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरुले विना पूर्व स्वीकृति तथा विना कार्यादेशकै आफूखुसी सूचना विज्ञापनहरु प्रकाशित गरेर भुक्तानीको लागि आउने गरेकोमा अब त्यसरी भुक्तानी दिन बाध्य नहुने उल्लेख गरेका छन् ।
अधिकृत सढानले बुधबार एक सूचना जारी गर्दै कमला नगरपालिकाको सन्दर्भमा कुनै पनि पत्र पत्रिका वा सँचारमाध्यमले पूर्व स्वीकृति वा कार्यादेश बिना नै सूचना, विज्ञापन, सन्देशमूलक सूचनाहरु प्रकाशन प्रकाशित गरी भुक्तानी माग्न आएमा कार्यालय जिम्मेवार नहुने पनि उल्लेख गरिएको छ ।
अधिकृत सढानका अनुसार, बजारमा प्रकाशित नै नहुने पत्रपत्रिका, महिनाभरि अपडेट नै नहुने अनलाईन पोर्टल, रेडियो, टिभी लगायतका सँचारमाध्यमहरुले बिना स्वीकृति र कार्यादेश बिना नै आफूखुसी सूचना विज्ञापन प्रकाशन प्रकाशित गरेर कार्यालयलाई असहज हुने गरी व्यय भार पर्न गएकोप्रति सचेत भएको बताए ।
बजारमा प्रकाशित नै नहुने पत्रिका, दर्ता भएर मात्र राखिएको पत्रपत्रिकाहरुले जथाभावी आफूखुसी नचाहिने सूचनाहरु प्रकाशित गरेर भुक्तानी माग्न आउँदा कार्यालयलाई समेत सास्ती भएको गुनासो अधिकृत सढानको छ । उनले यसपालीदेखि बिना कार्यदेशको कुनै पनि भुक्तानी नहुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…