धनुषा: धनौजी गाउँपालिकाका अधिकृत ठाकुर झण्डै कुटिए !
असार मसान्तभरि नै अधिकृत ठाकुरको फोन स्वीच अफ आएको थियो ।

२०७७ साउन ११ आइतबार, राति ८:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर झण्डै कुटिएका छन् ।
आज (आईतबार) स्थानीयहरुले विगत डेढ महिनादेखि एक दिन पनि कार्यालय नआएको भन्दै अधिकृत ठाकुर उपर कुटपिटको प्रयास गरिएको हो । सयौंको सँख्यामा गएका स्थानीयहरुले अधिकृत ठाकुरलाई एक कक्षमा थुनेर स्पष्टिकरण लिएका हुन् ।
गत असार २५ गते नै स्थानीय बुद्धिजीवी तथा नेकपाका नेता तथा कार्यकर्ताहरु विभिन्न २१ बुँदे माग राख्दै सूचना माग गरेका थिए । जसमा कार्यालय सँचालन सम्बन्धित कार्यालयबाटै गर्न पनि भनिएको थियो ।
तर, अधिकृत ठाकुर सहितको कर्मचारी टोलीले धनौजी बजार स्थित रहेको गाउँपालिकाको कार्यालयमा नभएर डेढ महिनादेखि नै जनकपुरमै कार्यालय सँचालन गर्दै आएका थिए । एक स्थानीयका अनुसार, अधिकृत ठाकुरले सहज रुपमा कमिशन लिनको लागि गाउँपालिकाको कार्यालयमा नआएर जनकपुरबाटै कार्यालय सँचालन गर्दै आएका हुन् ।
नेकपाका नेताहरु सहित स्थानीयहरुले समेत समाजिक सुरक्षा भत्ता, आन्तरिक राजस्व, आम्दानी, बजार ठेक्का, पोखरी ठेक्काहरुको आय व्यय सार्वजनिक गर्नुपर्ने मागहरु अघि सारेका थिए । सो क्रममा एक साताभित्रै कार्यालय सँचालन सम्बन्धित कार्यालयबाटै गरिने प्रतिवद्धता जनाएपनि अधिकृत ठाकुरले छोटे राजाझैं दबँगगिरी गरेको आरोप लगाएको छ ।
यसका साथै, स्थानीयहरु सहित नेताहरुले उपभोक्ता समितिहरुबाट लिएको १० प्रतिशत कमिशन फिर्ता, जनकपुरको जनकनन्दिनी एफएमलाई २ लाख २५ हजार रुपैयाँ किन दिएको, त्यसको जिम्मा कसले लिने र त्यसबाट के फाईदा भएको त्यसको हिसाब किताब र नियमित रुपले जनकपुरमा नभई गाउँपालिकाको कार्यालयमै कार्यालय सँचालन गर्ने माग राखेको थियो ।
गत २५ गते नै बुझाएको ज्ञापन पत्रपछि पनि प्रतिवद्धता अनुसार अधिकृत ठाकुरले कुनै सुनुवाई नै नगरी दबँगगिरी पारा देखाएको भन्दै झण्डै कुटिन लागेका थिए ।
मेयरका प्रत्यासी नेता राज कुमार यादवको नेतृत्वमा गएको स्थानीयवासीहरुको भीडले अधिकृतलाई बाहिर निकाल्न हो हल्ला गरेपछि समयमै ईलाका प्रहरी कार्यालय औरहीबाट प्रहरीको टोली गएपछि साम्य पारेका थिए ।
ईलाका प्रहरी कार्यालय औरहीका सई बब्लु ठाकुरको नेतृत्वमा गएको टोलीले भीडलाई तत्कालै नियन्त्रणमा लिएको थियो । त्यसपछि अधिकृत ठाकुरले स्व्यमं आफू असार मसान्तभरि कार्यालयमा काम नगरी जनकपुरमै बसेर काम गरेको स्वीकार गरेका छन् ।
स्थानीयहरुका अनुसार, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई कौडीको भाउ समेत नदिने गरेको आरोप छ । अधिकृत ठाकुरले हैकमवादी प्रवृति र सरकारी जागिरेको अधिकृत भएको भनेर घमण्डी पारा देखाएपछि आफूहरु त्यसको उपचार खोजेको प्रतिक्रिया दिएका छन् ।
वडा नं. ३ का वडाध्यक्ष राम दुलार मण्डलले अधिकृत ठाकुर र गाउँपालिका अध्यक्ष बद्री सिँहको कार्यकक्षमा तालाबन्दी गर्दै साँचो जिम्मा लिएका छन् । असार मसान्तभरि नै अधिकृत ठाकुरको फोन स्वीच अफ आएको थियो ।
मेयरका प्रत्यासी राजकुमार यादवले जनकनन्दिनी एफएमलाई किन र कुन प्रयोजनले रकम दिएको, उपभोक्तासँग लिएको १० प्रतिशत कमिशन कहिले फिर्ता गर्ने मुख्य माग राखी सोमबार (भोली) सम्मको जवाफ र स्पष्टिकरणको अल्टिमेटम दिएको हो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…