मिर्चैया नगरपालिकाको सबै वडामा अब अनलाइन बिलिङ
न्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाले सबै वडामा अनलाइन प्रणालीबाट कर संकलन तथा बिलिङ सेवा प्रारम्भ गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सेवा प्रवाह चुस्त दुरुस्त बनाउने निर्णयसँगै अनलाइनको माध्यमबाट कर संकलन तथा बिलिङ सेवा प्रवाह सुचारु गरिएको हो । यससँगै कर संकलन तथा बिलिङ कार्य अब नगरपाल

२०७७ साउन २५ आइतबार, राति १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाले सबै वडामा अनलाइन प्रणालीबाट कर संकलन तथा बिलिङ सेवा प्रारम्भ गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षबाट सेवा प्रवाह चुस्त दुरुस्त बनाउने निर्णयसँगै अनलाइनको माध्यमबाट कर संकलन तथा बिलिङ सेवा प्रवाह सुचारु गरिएको हो । यससँगै कर संकलन तथा बिलिङ कार्य अब नगरपालिकाको प्रत्यक्ष निगरानीमा रहनेछ ।
मिर्चैया नगरपालिकामा जम्मा १२ वटा वडा छन् । अनलाइन प्रणाली सुचारु भएसँगै सेवा प्रवाहमा पनि अब सहजता हुने नगरपालिकाका राजश्व शाखा प्रमुख जित साहले जानकारी दिए ।
यता, नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवले नगर र सबै वडाको हरेक सेवालाई क्रमशः डिजिटलाइज गरिँदै जाने जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…