दुधको बहानामा सुन तस्करी !
बरामद गरेको सुनको मुल्य २७ लाख ६७ हजार रुपैयाँ हुन आउने बुझिएको छ ।
२०७७ साउन २५ आइतबार, दिउँसो ४:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । दुधको बहानामा सुन तस्करी गर्ने एक तस्कर पक्राउ परेका छन् । तस्करी गरि अवैध रुपमा भारतर्फ लैजाँदै गरेको २३ तोला सुनसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर वडा नं. १३ घर भएका श्यामल सेन गुप्तालाई प्रहरीले सिमा क्षेत्र दरैया बाट २ सय ६७ ग्राम (२३ तोला) सुन सहित शनिवार बिहान ८ बजेको समयमा पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्ता भरिया रहेको खुलेको छ । दूध पुर्याउन जान लागेको बहानामा भारतर्फ लैजाने क्रममा २ सय ६७.२२० ग्राम सुन सशस्त्र प्रहरीले बरामद गरेको हो । गुप्ता को साथबाट नेपाली रुपैयाँ ५ हजार, साइकल एक थान र मोबाइल एक थान बरामद गरेको छ ।
नेपाल भारत खुला सिमा रहेको दरैया बस्ती बाट नियमित ड्युटीमा खटिने सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी को टोलीले नेपाल भारत सिमा सिल रहेको बेला सिमावर्ति क्षेत्रमा दुध लिने पुर्याउने बहानामा आएको बुझिएको छ ।
उक्त व्यक्ति स्थानिय पनि नभएको र गतिविधि संकास्पद देखेपछी दुई तिर बाट घेरेर निगरानि गरिरहेको बेला गुप्ताले सुनभारतको टिकुलिया बस्ति बस्ने मणि धर बंगाली सम्म पुर्याउन भारत तर्फ़ फ़ाल्न लागेको अवस्थामा पक्राउ गरिएको हो । सशस्त्र प्रहरीले गुप्तालाई पक्राउ गरेपछी बंगाली भारततर्फ़नै भागेको थियो ।
सशस्त्र प्रहरीले बरामद गरेको सुन सहित भरिया श्यामल सेन गुप्तालाई विराटनगर भन्सार कार्यालयमा बुझाउने जनाएको छ । बरामद गरेको सुनको मुल्य २७ लाख ६७ हजार रुपैयाँ हुन आउने बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
राजेश शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…