वीरगञ्जका बिरामी मृत्यु प्रकरण : नेशनल मेडिकलसँग जवाफ माग
नेसनल मेडिकल कलेजलाई तीन दिनभित्र मृतकका बारेमा यथार्थ विवरण दिन आग्रह गरेका छन् ।

२०७७ साउन २३ शुक्रबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । जिल्ला प्रशसन कार्यालयले नेशनल मेडिकल कलेजसँग बिहीबार विहान उपचार नपाएर मृत्यु हुने बिरामीको विवरण माग गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पत्राचार गर्दै नेसनल मेडिकल कलेजलाई तीन दिनभित्र मृतकका बारेमा यथार्थ विवरण दिन आग्रह गरेका छन् ।
बिहीबार बिहान मात्र प्रशासनले जनस्वास्थ्यमा खेलवाड नगर्न निजी अस्पताललाई निर्देशन दिएको थियो । नेसनल मेडिकल कलेजले उपचार गर्न नमान्दा वीरगञ्ज–११ श्रीपुर बस्ने ६४ वर्षका चलितर महतोको मृत्यु भएको आरोप लागेपछि प्रशासनले कारबाही प्रक्रिया शुरु गरेको बस्नेतले बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले टेलिफोन मार्फत पनि कलेजका निर्देशक र प्रमुख डाक्टरलाई अस्पतालमा आएका बिरामीको उपचारका लागि उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…