सखुवानान्कारकट्टी गाउँपालिकाको बजेट १८ करोड ८४ लाख पारित
सिराहा, १८ माघ । सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि १८ करोड ८४ लाख ३४ हजार ७ सय ६६ रुपैयाँ ५७ पैसा बजेट पारित भएको सार्वजनिक गरेको छ । गाउँसभाले अगामी आ.व.का लागि अनुदान बापतको ११ करोड ९९ लाख ४५ हजार, गत वर्षको बैंक मौज्दात अल्या रु ५८ लाख १५ हजार ७ सय ६६ रुपैया ५७

२०७४ माघ १८ बिहीबार, दिउँसो ४:२६ बजे२ मिनेट पढाइ

सिराहा, १८ माघ । सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि १८ करोड ८४ लाख ३४ हजार ७ सय ६६ रुपैयाँ ५७ पैसा बजेट पारित भएको सार्वजनिक गरेको छ ।
गाउँसभाले अगामी आ.व.का लागि अनुदान बापतको ११ करोड ९९ लाख ४५ हजार, गत वर्षको बैंक मौज्दात अल्या रु ५८ लाख १५ हजार ७ सय ६६ रुपैया ५७ पैसा रहेको छ । नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट ११ करोड ९९ लाख ४५ हजार, सशर्त अनुदान ६ करोड ३ लाख ४४ हजार र आन्तरिक आय (मालपोत तथा राजश्व बाँडफाँड) स्रोतको अनुमानित २३ लाख ३० हजार बजेट पारित गरेको जानकारी बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएकाछन् ।
चालू खर्चतर्फ २ करोड ९३ लाख ६५ हजार, पूँजीगत तर्फ ६ करोड ९७ लाख २५ हजार ७ सय ६६ पैसा विनियोजन गरेको छ भने वडा स्तरीय कार्यक्रमका लागि २ करोड ९० लाख बजेट विनियोजन गरेको छ । सर्शत अनुदान (कृषि, पशु, शिक्षा र स्वास्थ्य) तर्फ ६ करोड ३ लाख ४४ हजार विनियोजन गरेको छ ।
त्यस्तै शिक्षातर्फ प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउनका लागि बजेट विनियोजन गरेको छ भने सो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ संचालन गराउने योजना रहेको छ । सभाले गाउँपालिकामा बसोवास गर्ने दलित जनतालाई गाउँपालिकाबाट सिफारिसमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
त्यस्तै पहिलो गाउँसभाले गाउँसभा सञ्चालन कार्यविधि २०७४ अनुमोदन गरेको छ भने आर्थिक तथा विनियोजना ऐन २०७४ कर्मचारी आचारसंहिता सम्बन्धमा बनेको ऐन २०७४ लगायतका कार्यविधिहरू सभावाट अनुमोदन गरेका छन् । गाउँसभाबाट विकास निमार्णतर्फ ठोस योजनाका रूपमा २५ किलोमिटर ग्राबेल रिङ्ग रोडको विस्तार गर्ने भएको छ भने २ किलोमिटर सडक कालोपत्रे गर्ने योजना सार्वजनिक गरेको छ ।
स्वास्थ्यतर्फ गाउँपालिकाको एम्बुलेन्स खरिद प्रक्रिया र स्वास्थ्य संस्था सुधार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छ भने कृषितर्फ ६७ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बतएकाछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…