कांग्रेस–कम्युनिष्ट बुढो भए, अब अझै देश बर्बाद गर्न नदिऔं : उपेन्द्र यादव
अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कूटनीतिक सम्बन्ध बिग्रँदै गएको पनि बताए ।

२०७७ साउन १६ शुक्रबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ
अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कूटनीतिक सम्बन्ध बिग्रँदै गएको पनि बताए ।

२०७७ साउन १६ शुक्रबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको नेतृत्व नेकपाको हातमा गएपछि देशको अवस्था गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
सिरहाको गोलबजार–८, चोहर्वामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । नेकपा सरकारको गैरजिम्मेवार काम र प्रतिपक्षीको लाचारपनले देश बर्बाद हुँदै गएको उनले बताए ।
देशको नेतृत्वको पाएको पार्टी र व्यक्तिले काम गरेर देखाउनुपर्नेमा देशलाई झन विकृति र भ्रष्टाचारको दलदलमा पुर्याउँदै गएको उनले आरोप लगाए । उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षक भएकोसमेत बताए ।
ओली सरकारले देशसँग मजाक गरिरहँदा पनि प्रतिपक्षी लाचार बनेर बसिरहेको उनले बताए । विभिन्न झुटो आश्वासन दिएर मधेश र समग्र देशका जनतालाई ठगेका पार्टीहरुलाई अब जनताले नै तह लगाउनुपर्ने उनले बताए ।
अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कूटनीतिक सम्बन्ध बिग्रँदै गएको पनि बताए । उनले प्रधानमन्त्रीलाई आजभोलि के–के बोल्नुहुन्छ, के हुँदैन भन्ने कुरा थाहा हुन छाडेको भन्दै जिम्मेवार व्यक्तिले बोल्दा विचार गर्नुपर्ने, आधारहीन र तथ्यहीन कुरा गर्न नहुने बताए ।
कोरोना भाइरस नियन्त्रणप्रति पनि सरकार अहिलेसम्म गम्भीर बन्न नसकेको उनले जिकिर गरे । सरकारको चौतर्फी आलोचना हुन थालेपछि आलोचनाबाट बच्न सरकारले पीसीआर टेष्टको दायरा नै घटाएर झन अमानवीय व्यवहार गरेको उनको ठहर छ ।
अब देशलाई विकल्प चाहिएको भन्दै उनले आफ्नो पार्टी जसपालाई साथ दिन आग्रह पनि गरे ।
कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, राप्रपासहित विभिन्न पार्टी परित्याग गरी पाँच बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…