रेल्वेमा कमसल सामग्री प्रयोग बन्द गर्नुपर्छ : युवा नेता झा
सुदिप शर्मा माघ १६, जनकपुरधाम । जनकपुरका युवा नेता प्रशान्त झा ले नेपाल भारत ब्रोडगेज रेल्वेको भौतिक निर्माण कार्यमा भइरहेको अनियमितता बारे आवाज उठाएका छन् । जयनगर जनकपुर बर्दिवास रेल्वेको लागि भइरहेको भौतिक सँरचनाको निर्माणमा कमसल वस्तुहरु प्रयोग गरिरहेको भन्दै त्यस्ता कार्य बन्द गर्नुपर्नेप्रति जो

२०७४ माघ १६ मंगलबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

सुदिप शर्मा माघ १६, जनकपुरधाम ।
जनकपुरका युवा नेता प्रशान्त झा ले नेपाल भारत ब्रोडगेज रेल्वेको भौतिक निर्माण कार्यमा भइरहेको अनियमितता बारे आवाज उठाएका छन् ।
जयनगर जनकपुर बर्दिवास रेल्वेको लागि भइरहेको भौतिक सँरचनाको निर्माणमा कमसल वस्तुहरु प्रयोग गरिरहेको भन्दै त्यस्ता कार्य बन्द गर्नुपर्नेप्रति जोड दिएका छन् ।
केही वर्षदेखि राजनीतिमा सक्रिय झा रेल्वे सार्वजनिक सम्पति तथा मधेसको धरोहरको रुपमा भएकोले कमसल वस्तु प्रयोग उपर बोली बुलन्द गरेका छन् ।
निकै प्रतिक्षित बर्दिबास—जनकपुर—जयनगर ब्रोडगेज रेल्वे र जनकपुरमा संचालित एकीकृत शहरी विकास आयोजना(एडीबी)मा खुलेयाम कमसल सामग्री प्रयोग भईरहँदा पनि राज्य पक्ष मौन देखिएकाले युवाहरु आन्दोलित हुनु पर्ने स्थीति आएको झाले बताए ।
रेल र एडीबी निर्माणमा देखिएको कमसल सामग्री प्रयोग बन्द नगरिए छिट्टै जनकपुरका युवाहरु आन्दोलनमा उत्रने युवा नेता झाले चेतावनी दिदैं समाजिक संजालमा लेखेका छन्— ‘एक डेग भ्रष्टाचार विरुद्ध । एक धक्का भ्रष्टाचार आ विकासक लेल ।’
अर्बौंको लगानीमा निर्माणाधिन उक्त परियोजनामा कमसल सामग्री प्रयोग हुँदा रकम दुरुप्योग हुने निश्चित देखिएको छ । त्यसैले गुणस्तरिय निर्माणका लागि जनकपुरका युवाहरु अहिले वृहत्त छलफलमा छौं |
युवा नेता झाले भने— यसका लागि आवश्यक निर्णय सार्वजनिक गर्छौ । गुणस्तरिय निर्माण नभए भविष्यमा यसले ठूलो क्षति पुर्याउने भएकाले राज्य पक्ष गम्भिर हुन आवश्यक छ । तर रकम चलखेलका कारण अनुगमन तथा निरिक्षणका जिम्मा पाएका पक्षहरु मौन देखिएको झाको दावी छ ।
युवा नेता झा प्रतिनीधि सभा तथा प्रदेशसभा निर्वाचन पूर्व नै स्वतन्त्रबाट राजपा मा प्रवेश गरेका हुन ।
झा अहिले पनि राजपामै सक्रिय युवा नेताको रुपमा चिनिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…