बाढी पहिरो पिडित पालिकालाई चौतारा र मेलम्चीको सहयोग
क्षतिग्रस्त भौतिक संरचना छिटो भन्दा छिटो निर्माण गराउन आवस्यक सहजीकरण गरिने सबैले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
२०७७ साउन १ बिहीबार, दिउँसो २:१२ बजे१ मिनेट पढाइ

मातृका सुवेदी, सिन्धुपाल्चोक । बाढी र पहिरोबाट प्रभावित भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाले पीडितलाई सहयोग हस्तान्तरण गरेको छ ।
यहाँको बिभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानविय र भौतिक क्षति भएको दुखद् घडिमा पिडितहरुलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउपालिकालाई रु २ लाख र बाह्रबिसे नगरपालिकालाई रु ३ लाख गरि रु ५ लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।
बुधबार एक भेटघाट कार्यक्रमका बीच सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा अनुशासन बिभाग प्रमुख अमृत कुमार बोहरा, बागमती प्रदेशका उध्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, नेकपा प्रदेश कमिटी सल्लाहकार तथा चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङ, नेकपा प्रदेश कमिटी सदस्य सुबास कर्माचार्य लगायत अन्य विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
यस्तै सोही कार्यक्रममा मेलम्ची नगरपालिका ले पनि बाह्रबिसे नगरपालिका लाई रु ३ लाखको चेक हस्तान्तरण गरेको थियो ।
उक्त कायक्रम सङ्गै प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको थियो। स्थलगत अनुगमनका क्रममा प्रभावितहरुलाई यथासक्य छिटो सहयोग उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचना छिटो भन्दा छिटो निर्माण गराउन आवस्यक सहजीकरण गरिने सबैले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मातृका सुवेदी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…