आदिवासी जनजातीलाई राज्यको मूलधारमा ल्याउनैपर्छ : उपमेयर भूजेल
समावेशी अधिकार र राज्यको मूलधारमा आउनुपर्ने कारण तथा उपायबारे प्रकाश पारिएको थियो ।

२०७७ असार १७ बुधबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या देवी भूजेलले आदिवासी र जनजातीलाई राज्यको मूलधारमा ल्याउन सबै पक्षले उठनुपर्ने बताएकी छन् ।
धनुषाधाम नगरपालिकाको सहयोगमा सम्पन्न भएको आदिवासी जनजातीहरुको लागि क्षमता अभिवृद्धि तालिममा बोल्दै उपमेयर भूजेलले उनीहरु असली भूमिपुत्र भएपनि राज्यको मूलधारबाट बञ्चित भएको जिकीर गरिन् ।
उनले यीनीहरुलाई मूलधारमा नल्याए र सरकारको हरेक हत तप्कामा सहभागी नगराइए समावेशी विकासको परिकल्पना गर्न नसकिने बताइन् । उनीहरुलाई हरेक सेवा, सुविधा, अवसरहरुमा अधिकारको बढोत्तरी गरे मात्र उनीहरुलाई मूलधारमा ल्याउन कम समय लाग्ने बताइन् ।
समाजिक सँस्था उज्यालो नेपालको आयोजनामा आयोजन गरिएको उक्त क्षमता अभिवृद्धि तालिममा नगरभरिका आदिवासी जनजाती समुदायकी महिला पुरुषहरुको सहभागीता रहेको थियो ।
सो क्रममा उनीहरुले राज्यले आफूहरुसित अहिले पनि अधिकार कटौती गरेको अनुभव सुनाएका थिए । उज्यालो नेपालका अध्यक्ष सत्रुधन महतोको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिममा सरकारसँग अधिकार माग्ने, समान व्यवहार, समान सम्मान, समावेशी अधिकार र राज्यको मूलधारमा आउनुपर्ने कारण तथा उपायबारे प्रकाश पारिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…