राजविराज जेसीजमा 'कृष्ण कुमार देव'
राजविराज, १५ माघ । आनन्द कुमार देव 'विप्लव' राजविराज जेसिजको नेतृत्व कृष्ण कुमार देवले गर्ने भएको छ । शनिबार राजविराज जेसिज भवनमा सम्पन्न भएको ४३ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमबाट देवलाई नेतृत्वको जिम्मेवारी दिइएको हो । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न

२०७४ माघ १५ सोमबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

राजविराज, १५ माघ ।
आनन्द कुमार देव 'विप्लव'
राजविराज जेसिजको नेतृत्व कृष्ण कुमार देवले गर्ने भएको छ ।
शनिबार राजविराज जेसिज भवनमा सम्पन्न भएको ४३ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमबाट देवलाई नेतृत्वको जिम्मेवारी दिइएको हो ।
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमबाट देवलाई पदीय जिम्मेवारी प्रदान गरिएको हो ।
कार्यक्रमको सुरुवात पुरस्कार वितरण कार्यक्रमबाट भएको थियो ।
सन् २०१७ का राजविराज जेसीजका अध्यक्ष सन्तोष कुमार सिन्हाले आफ्नो कार्यकालमा रहेको कार्य समितिको सदस्यहरुलाई मन्च अगाडी बोलाएर सम्मानित गरिएको थियो ।
सन् २०१८ को नयाँ कार्यसमितिको गठनको जिम्मेवारी सन् २०१६, राजविराज जेसीजका अध्यक्ष मिलन कुमार सिंहले पाएका थिए ।
सोहि अनुरुप वहाँले सर्वसम्मतिमा सन् २०१८ को अध्ययक्ष पदको जिम्मेवारी जेसी कृष्ण कुमार देवलाई जिम्मा लगाउनु भएको हो ।
कार्यक्रममा पूर्व अध्यक्ष जेसी सन्तोष कुमार सिन्हा, पूर्व अध्यक्ष जेसी मनोहर पोखरेल, पूर्व अध्यक्ष जेसी अन्नत साहले मन्तवय व्यक्त गर्न भएको थियो । कार्यक्रम समाप्ति पछि रात्रिभोजको आयोजन गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा राजविराज नगरपालिकाका उपमेयर साधना झा, पूर्व सिनेटर तथा राष्ट्रिय अध्यक्ष गोबिन्द सिंह, राजविराजको पूर्व मेयर शैलेश चौधरी, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवलगायतका मान्यजनहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…