३ लाख ५५ हजार नेपाली रुपैयाँ सहित दुई जना पक्राउ
न्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरीबल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड ३ बुढगाई बाट ३ लाख ५५ हजार नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा सवार दुई जना लाई सो रकम सहित पक्राउ गरेको हो। भारतको सिकटा बजार बाट आलुको झोला लुकाई छिपाई नेपाल

२०७७ असार १३ शनिबार, बिहान ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरीबल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड ३ बुढगाई बाट ३ लाख ५५ हजार नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकलमा सवार दुई जना लाई सो रकम सहित पक्राउ गरेको हो। भारतको सिकटा बजार बाट आलुको झोला लुकाई छिपाई नेपाली रुपैयाँ लिएर आईरहेको अवस्थामा सिमा नाकामा खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले मोटरसाइकल रोकी चेकजाच गरेपछी ३ लाख ५५ हजार नगद रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरिक्षक हरिपराजुलीले जनाएका छन।
बरामद भएको नेपाली नोट को स्रोत नखुलेको पराजुलीले जनाएको छ। नेपाली रुपैयाँ को साथमा पक्राउ पर्नेमा को छिपहरमाई गाउँपालिका वार्ड नं २ चरगाहा गाउँ निवासी ३३ वर्षिय जगजय यादव,र १९ वर्षिय रंजन बैठा रहेको छ।
बिआर २२ भि ३८२५ नम्बर को भारतिय नं. को मोटरसाईकल पक्राउ गरिएको सशस्त्र ले जनाएको छ।
पक्राउ परेका नगद रुपैयाँ ,मोटरसाइकल ,र दुई जना युवक लाई ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएको छ। पक्राउ परेका नेपाली नोटमा १०००, ५००, १००, ५० ,२०, १०, र ५ को रहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…