सिरहाको कामना नर्सिङग होममा सेवा विस्तार
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको लहान स्थित रहेको कामना नर्सिङग होम प्रा.लि.ले सेवा थप गरेको छ । यसअघि समान्य प्रकारका चेकजाँच सहित अन्य चेकजाँच तथा उपचार गर्दै आएको कामना नर्सिङग होमले सेवा विस्तार गरी हाडजोर्नी, नसा तथा ट्रमा सम्बन्धि सेवा समेत सुरु गरेको हो । नर्सिङ्ग होमका संचालक रोशन कुशवाह

२०७७ असार १० बुधबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको लहान स्थित रहेको कामना नर्सिङग होम प्रा.लि.ले सेवा थप गरेको छ ।
यसअघि समान्य प्रकारका चेकजाँच सहित अन्य चेकजाँच तथा उपचार गर्दै आएको कामना नर्सिङग होमले सेवा विस्तार गरी हाडजोर्नी, नसा तथा ट्रमा सम्बन्धि सेवा समेत सुरु गरेको हो ।
नर्सिङ्ग होमका संचालक रोशन कुशवाहाका अनुसार, सेवाग्राहि लाई स्वास्थ्य सेवा पुर्याउन डाक्टर बिनोद कुमार सिंह एमबिबिएस एमएस अर्थोपेडिक ( हाडजोर्नी तथा नसा रोग) विशेषज्ञ द्वारा उपचारको व्यवस्था मिलाइएको हो ।
हाडजोर्नी, नसा तथा ट्रमा सम्बन्धि सेवा तथा हाडजोर्नी भचिएकोमा अत्याधुनिक र मिनिमम इन्भयासिभ तरिका द्वारा अप्रेशन सेवा प्रदान गरिने संचालक कुशवाहाले बताए।
२४ सै घण्टा स्वास्थ्य सेवा दिन तत्पर कामना नर्सिङ्ग होममा डाक्टर रितेश कुमार गिरि एमबिबिएस एमडी (इन्टरनल मेडिसिन) इन्डोस्कोपी तालिम प्राप्त द्वारा इन्टरनल मेडिसिन सम्बन्धि सम्पूर्ण उपचार हुने जनाइएको छ ।
यसका साथै, प्रसुती तथा महिला रोग विशेषज्ञ द्वारा महिला रोग सम्बन्धि सम्पूर्ण रोगको उपचार समेत हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…