मोबाइल चोर्ने गिरोहका एकजना पक्राउ
न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाको भिस्वाबाट मोबाईल चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको भिस्वा बाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारी को टोली ले मोबाइल चोर्ने गिरोह का एकजना पक्राउ परेको छ। भारतबाट चोरी गरी नेपालमा मोवाईल बिक्री बितरण गरीरहेको सुचना आएपछि सोही सुचनाको

२०७७ असार ८ सोमबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाको भिस्वाबाट मोबाईल चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको भिस्वा बाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारी को टोली ले मोबाइल चोर्ने गिरोह का एकजना पक्राउ परेको छ।
भारतबाट चोरी गरी नेपालमा मोवाईल बिक्री बितरण गरीरहेको सुचना आएपछि सोही सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भिस्वा सबैठवा जाने पुल नजिककै बासबारीमा बिक्री गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले मोवाईल चोरहरुलाई पक्राउ गर्न खोजदा फरार एक जना पक्राउ परेको छ भने अरु भाग्न सफल भएको छ।
पक्राउ पर्नेमा पोखरीया नगरपालिका वडा नं ९ निवासी जवोदिन देवानलाई पक्राउ गरेको छ। प्रहरीले देवानले चोरी गरेको एप्पल कम्पनी को एउटा र समसुग कम्पनी को एउटा गरि दुई वटा मोबाइल समेत ना २७ प ४०३३ नम्बरको समेत पक्राउ गरि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवर ले जनाएका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…