गौर भन्सारको राजस्व चुहावट
रौतहट, १५ माघ । रौतहटको गौर भन्सारमा लक्ष्य भन्दा अधिक कम राजस्वको चुहावट भएको छ । आव २०७४/७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार रु पाँच करोड २२ लाख मात्र राजश्व संकलन गरेको छ । यस अवधिमा सात करोड ८० लाख राजश्व संकलन

२०७४ माघ १५ सोमबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ
रौतहट, १५ माघ । रौतहटको गौर भन्सारमा लक्ष्य भन्दा अधिक कम राजस्वको चुहावट भएको छ ।
आव २०७४/७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार रु पाँच करोड २२ लाख मात्र राजश्व संकलन गरेको छ ।
यस अवधिमा सात करोड ८० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको भएपनि करिब दुई करोड ५८ लाख कम राजश्व संकलन भएको छ । यति धेरै कम राजश्व संकलन हुनुमा भन्सार कार्यालयका कर्मचारी नै दोषी देखिएको सरोकारवालाले बताएका छन् ।
जिल्लाको लक्ष्मीपुर बेलबिछुअवा, महादेबपट्टी र गौर भन्सारको मुख्य नाका, औरैया, बन्जहरा, रमपुर्वालगायतका नाकामा कार्यालयका कर्मचारीबाट नै आफ्नो एजेन्टमार्फत अवैध रकम असुली गर्दै तस्करलाई लाइन दिने गरेको उनीहरुको भनाइ छ ।
बंकुल छोटी भन्सारमा नायब सुब्बाको दरबन्दी भएपनि कार्यालय सहायक मात्रै राखेको कारण राजस्व उठ्न नसकेको बौदीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुशहवाले बताए ।
भन्सार नाकामा निम्न तहको कर्मचारी राखिँदा भन्सार असुलीमा समस्या आएको व्यापारी लक्ष्मी साहको पनि भनाइ छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…