प्रदेश २ः एक घर, एक पिसिआर टेस्ट गर्न माग
न्यूज ब्यूरो, जनकपुरधाम । एक घर , कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट स्थानिय निकायको पहलमा होस् भन्ने माग गर्दै फेटागाँउपालिका–१ का युवाहरुले आज भलुही चौकमा विभिन्न नारा सहितको प्लेकार्ड बोकी मास्क प्रयोग गरी समाजिक दुरीमा उभेर प्रदर्शन गरेका छन् । हाम्रो सबभन्दा नजिकको सरकार, हाम्रै स्थानिय निकाय

२०७७ जेठ २९ बिहीबार, बेलुकी ५:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक घर , कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट स्थानिय निकायको पहलमा होस् भन्ने माग गर्दै फेटागाँउपालिका–१ का युवाहरुले आज भलुही चौकमा विभिन्न नारा सहितको प्लेकार्ड बोकी मास्क प्रयोग गरी समाजिक दुरीमा उभेर प्रदर्शन गरेका छन् ।
हाम्रो सबभन्दा नजिकको सरकार, हाम्रै स्थानिय निकाय भएकोले त्यसैको पहलमा एक घर , कम्तिमा एक व्यक्तिको पिसिआर टेस्ट गरि कारोनाको संक्रमण रोक्न सकिने भनेर अभियान संचालन गरेका विक्की महतोले जानकारी गराए ।
“हाम्रो सबभन्दा नजिकको सरकार हाम्रै स्थानिय निकाय हो । हामी प्रदेश र संघ चिन्दैनौ भन्दै सहभागि युवा राजेश प्रसाद कुशवाहाले भने मात्र लकडाउन थपेर संक्रमण रोकिदैन, टेस्ट हुन जरुरी छ , र टेस्ट गर्नका लागि स्थानिय सरकारले पहल गरोस् , कम्तिमा एक परिवारबाट एक जनाको टेस्ट भयो भने संक्रमितलाई उपचार र निरोगीलाई काममा जान सजिलो हुने थियो । सबैलाई मात्र घरमा थुनेर संक्रमण रोकिनेवाला छैन त्यसैले हामी यस अभियानको शुरुवात गरेका छौ ।”– उनीहरुले भने ।
कुनै राजनैतिक विचारधारा नराखी, विशुद युवा, आम नागरिक र आम जनताको रुपमा अभियानको शुरुवात गरेको बताएका छन् ।
जनताको घरघरमा पुग्न सक्ने पहिलो सरकार स्थानिय सरकार भएकोले यसैको पहलमा टेस्ट हुन जरुरी रहेको औल्याउँदै विकासका काम पछि पनि गर्न सकिने सल्लाह समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…