प्रदेश २ः तेलको ट्याङकरमा रक्सी बरामद
पर्सा बीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चौकको सडकमा पक्राउ गरिएको हो ।

२०७७ जेठ २८ बुधबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले आहवान गरेको बन्दाबन्दीको मौका पारी तस्करहरुले तस्करी सुरु गरेका छन्।
ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा विभिन्न ब्राण्डका रक्सीहरु राजश्व छली चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको छ भन्ने गोप्य सुचनाका आधारमा रक्सी बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आज (बुधबार) बिहान करिब ६ः३० बजेको समयमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चौकको सडकमा पक्राउ गरिएको हो ।
नेपालबाट भारततर्फ तर्फ लेजादै गरको ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा चेक गर्दा उक्त ट्यांकरबाट गोल्डेन ओके ४८ पिस, नेपाल आइश बियर २४ पिस, सिग्नेचर ३३पिस र ८८४८ भोड्का २८ पिस सहित चालक र सहचालकलाई पक्राऊ गरको छ।
पक्राऊ पर्नेमा ट्याङकरका चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १६ बस्ने लाल बहादुर थिङको छोरा वर्ष ४७ को सन्दिप थिङ र सह–चालक वडा नं. २१ बस्ने पदम बहादुर बुढाथोकीको छोरा वर्ष २२ राधे बुढाथोकी रहेका हुन ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…