असहाय परिवारलाई कान्छो मेयरको पहल
जनकपुरधाम, १४ माघ । धनुषाको शहिदनगर नगरपालिका एवम् मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले असहाय परिवारलाई न्यानो बाँडेका छन् । मेयर बरबरिया सहित शहिद नगरपालिकाकी उपमेयर शिला देवी कापरले सँयुक्त रुपमा नगरको वडा नं. ५ पँचहर्वामा असहाय परिवारलाई कम्बल वितरण गरेका छन् । केही दिनदेखि पुनः बढेको अत्यधिक

२०७४ माघ १४ आइतबार, राति १०:३३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १४ माघ ।
धनुषाको शहिदनगर नगरपालिका एवम् मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले असहाय परिवारलाई न्यानो बाँडेका छन् ।
मेयर बरबरिया सहित शहिद नगरपालिकाकी उपमेयर शिला देवी कापरले सँयुक्त रुपमा नगरको वडा नं. ५ पँचहर्वामा असहाय परिवारलाई कम्बल वितरण गरेका छन् ।
केही दिनदेखि पुनः बढेको अत्यधिक चिसोको कारण अति विपन्न परिवारलाई समस्या भएको भन्दै सँयुक्त रुपमा मोटो लुगाफाटो बाँडिएका हुन् ।
यसअघि समेत मेयर बरबरियाले नगर सहित अन्य नगरमा पनि जाडोलाई मध्यनजर गर्दै मोटो कपडा वितरण गरिसकेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…