धनुषामा अनाथालयको शिलान्यास
जनकपुरधाम, १४ माघ । धनुषामा थप एक अनाथालयको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ९ स्थित मोरहामा अनाथ बालबालिकाहरुको लागि अनाथालयको शिलान्यास गरिएको हो । स्थानीय एक युवा क्लबको सक्रियतामा उक्त अनाथालयलाई मूर्तरुप दिन लागेको जनाइएको छ । तीनजना बालबालिकाको वासका लागि

२०७४ माघ १४ आइतबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १४ माघ ।
धनुषामा थप एक अनाथालयको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ९ स्थित मोरहामा अनाथ बालबालिकाहरुको लागि अनाथालयको शिलान्यास गरिएको हो ।
स्थानीय एक युवा क्लबको सक्रियतामा उक्त अनाथालयलाई मूर्तरुप दिन लागेको जनाइएको छ ।
तीनजना बालबालिकाको वासका लागि क्लवको पहलमा घर निर्माण कार्य शुरु गरिएको नवज्योती युवा क्लवका कोषाअध्यक्ष राजेश सक्सेनाले जानकारी दिए ।
बुवा दिनेश पासवानको २ बर्ष अगाडि मृत्यु भएपछि तिनैजनालाई आमाले छोडेर गएका थिए ।
आमा छोडेर गएपछि १२ बर्षिया पिंकी कुमारी पासवान, १० बर्षिय सिकिन्दर कुमार पासवान र ५ बर्षिय अमरेश पासवान अनाथ भएपछि पालनपोषण तथा मानवीय भावले हेरचाहको माध्यम स्वरुप अनाथालय निर्माणको लागि पहल थालिएको हो ।
तिनै जनाको वासका साथै खाना, लत्ता कपडा आदिको प्रबन्ध ती युवा क्लवले गर्दै आएको छ ।
अब उनीहरुको शिक्षा दिक्षाका लागि पनि आफूहरुले पहल गर्ने क्लबका अध्यक्ष जय प्रकाशले बताए ।
अनाथ बालबालिकाको घर निर्माणका लागि वैदेशिक रोजगारमा रहेका युवाहरुको समूह मधेशी हेल्प ग्रुप, मिथिला युवा मञ्च लगायतका समुहले आर्थिक सहयोग गरेको छ ।
आउँदो वैशाख १ गतेसम्म घर निर्माण कार्य सम्पन्न गरी साँचो हस्तान्तरण गर्ने लक्ष्य रहेको क्लबका उपाध्यक्ष सक्सेनाले दाबी गरे ।
घरको शिलान्यास माओवादी केन्द्रका नेता रामचन्द्र झाले गरेका छन ।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य , रामचन्द्र मण्डल, हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल, उपमेयर रेणु झा, सहिद नगरपालिकाका मेयर उदय बरबरिया, लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…