नेश्नल मेडिकल कलेजद्धारा ३ जनाको निःशूल्क उपचार सहित खाना
न्यूज ब्यूरो, वीरगँज । बिरगंंज नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्धारा असहाय ३ जना विरामीहरु लाई निःशुल्क उपचार सेवा प्रदान गरेको छ । लकडाउनको स्थिती परिस्थीतीमा खुट्टा भाँचिएर सडकमा अर्धमृत अवस्थामा रहेका विरामीको उपचार, झापाका हेपटाईटीस–बी का बिरामी र मान्सिक सन्तुलन गुमाएका तथा अन्य रोग पनि रहेको

२०७७ जेठ २२ बिहीबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । बिरगंंज नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्धारा असहाय ३ जना विरामीहरु लाई निःशुल्क उपचार सेवा प्रदान गरेको छ ।
लकडाउनको स्थिती परिस्थीतीमा खुट्टा भाँचिएर सडकमा अर्धमृत अवस्थामा रहेका विरामीको उपचार, झापाका हेपटाईटीस–बी का बिरामी र मान्सिक सन्तुलन गुमाएका तथा अन्य रोग पनि रहेकोलाई मेडिकल कलेजले सफलता पूर्वक उपचार सम्पन्न गरेको छ ।
उपचार संगै विरामीका कुरुवाहरुको खाना, कपडालता दिएर सहयोग गरीएको चिकित्सक श्रोतले जनाएको छ। ३ जना विरामीहरु उपचारको क्रममा लागेको ३ लाख भन्दा बढिको खर्च नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्यीन अन्सारीले सम्पूर्ण खर्च निःशुल्क गर्न निर्देशन दिएको थियो ।
विरामीहरुको उपचारमा संंलग्न रहेका डा. असरफ हुसैन, डा. कौशल सिँह, डा. महम्मद रुहुल्लाह लगायत का चिकित्सकका टोली द्धारा उपचार सफलता पूर्वक सम्पन्न गरिएको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. प्रमोद सरार्फले बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…