बर्दिवासमा १० दिन 'बर्दिवास महोत्सव' हुने
बर्दिवास, १४ माघ । महोत्तरीको बर्दिवासमा बर्दिवास महोत्सवको आयोजना गर्ने भएको छ । आउँदो आगामी फागुन १६ गतेदेखि २६ गते सम्म अर्थात १० दिनसम्म उक्त महोत्सवको आयोजना गरिने जनाइएको छ । बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ । बर्

२०७४ माघ १४ आइतबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

बर्दिवास, १४ माघ । महोत्तरीको बर्दिवासमा बर्दिवास महोत्सवको आयोजना गर्ने भएको छ ।
आउँदो आगामी फागुन १६ गतेदेखि २६ गते सम्म अर्थात १० दिनसम्म उक्त महोत्सवको आयोजना गरिने जनाइएको छ ।
बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ ।
बर्दिवास उद्योग वाणिज्य संघले पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ ।
जिल्लाका विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका महासचिब भवनाथ खतिवडाले बताए । महोत्सवमा बर्दिवास क्षेत्रमा उत्पादन हुँदै आएका कृषि उपज खासगरी तरकारी र मसलाको प्रदर्शनी गरिने संघको तयारी छ ।
महोत्तरीको बर्दिवास नगर क्षेत्रका माईस्थानको परबल, बिजलपुरा र पशुपतिनगरको हरियो तरकारी र हाथिलेट क्षेत्रमा उत्पादित उखुको सख्खर स्वादमा विशिष्ट मानिन्छ ।
महोत्सवमा मुलुककै प्रसिद्ध कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय विभिन्न भाषाभाषीका सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।
करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने संघले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…