अवैध उत्खनन रोक्न पुगेका मन्त्री यादव भने, 'अपराध रोक्न समस्या भयो'
यथाशीघ्र उत्खनन कार्य बन्द गर्न र बन्द नगरिए कारवाही थाल्ने चेतावनी दिएका छन् ।
२०७७ जेठ १७ शनिबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज, ब्यूरो । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रहरी आफ्नो अधिकारमा नहुँदा अपराधिक गतिविधि रोक्न समस्या भएको बताएका छन् ।
अवैध उत्खनन रोक्न स्थलगत अनुगमनमा पुगेका मन्त्री यादवले प्रहरी आफ्नो हातमा नहुँदा यस्ता क्रियाकलापहरु बढेको बताए ।
अनुगमनका क्रममा उनले शुक्रबार धनुषाको धनुषाधाम नगरपालिका ६ स्थित मालटोल अनुगमन गरेका हुन ।
मन्त्री यादवसहित प्रदेशको प्राकृतिक स्रोत तथा वातावरण संसदीय समितिका संयोजक तथा नेकपा सांसद रामचन्द्र मण्डल लगायतका स्थलगत अनुगमनमा पुगेका हुन् ।
अनुगमन गर्दै टोलीले यथाशीघ्र उत्खनन कार्य बन्द गर्न र बन्द नगरिए कारवाही थाल्ने चेतावनी दिएका छन् ।
यस्तै, सांसद मण्डलले प्राकृतिक सम्पदाको दोहन हुनु मानवका लागि अहितकारी कार्य भएको र यस्तो गर्नु दुस्खद विषय भएको बताए । उनले प्राकृतिक सम्पदा संरक्षणको दायित्व सबैको भएको भन्दै यसतर्फ लाग्नुपर्ने तर्क गरे ।
उनले यसलाई रोक्न सरकारको एक्लो प्रयासबाट सम्भव नरहेको भन्दै सबैलाई एकजुट हुन आग्रह गरे ।
अनुगमनमा टोलीसहित नेकपाका प्रदेश नेता झल्कु यादव, जनता समाजवादी नेता लगायतका पनि सरिक थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…