बारामा सेनिटाइजेशन अभियान
न्यूज ब्यूरो, बारा । बारामा आजदेखि कोरोना भाइरसलाई मध्यनजर गर्दै सेनिटाइजेशन अभियान थालिएको छ । जीवन ज्योती बचत तथा श्रण सहकारी संस्था लिमिटेडले आज देखी बाराको कलैया उपमहानगरपालिका को २७ वटै वडा मा सेनिटाइजिङ्ग गर्ने अभियान सुरु गरेको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस बाट बच्नका ल
२०७७ जेठ १५ बिहीबार, दिउँसो २:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा आजदेखि कोरोना भाइरसलाई मध्यनजर गर्दै सेनिटाइजेशन अभियान थालिएको छ ।
जीवन ज्योती बचत तथा श्रण सहकारी संस्था लिमिटेडले आज देखी बाराको कलैया उपमहानगरपालिका को २७ वटै वडा मा सेनिटाइजिङ्ग गर्ने अभियान सुरु गरेको छ ।
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस बाट बच्नका लागि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियानको थालनी गरिएको संस्थाका सदस्य सुबास जयसवालले जानकारी दिएका छन् ।
अभियान अन्तर्गत १० दिन भित्र कलैया उपमहानगरपालिकाको २७ वटै वडामा सेनिटाईज गर्ने सो संस्था का सदस्य जयसवालले जनाएका छन् ।
जीवन ज्योती बचत तथा श्रण सहकारी संस्था लिमिटेड ले कलैयाको ४ स्थानमा अटोमेटिक सेनिटाईजर बुथ समेत जडान गर्ने संस्थाका सदस्य जयसवाल जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…