बहडी बुद्धिजीवी समितिमा धनुषाका 'चन्द्रदेव ठाकुर'
जनकपुरधाम, १३ माघ । नेपाल बडही समाज केन्द्रिय कर्मचारी तथा बुद्धिजीवी समन्वय समितिको सँयोजकमा धनुषाका चन्द्रदेव ठाकुरलाई मनोनित गरिएको छ । शनिबार पोखरामा नेपाल बडही समाज केन्दीय कार्य समितिको बैठकबाट ठाकुरलाई सर्वसहमतिले सँयोजकको जिम्मेवारी दिएका हुन् । पोखरामा पृथ्वी नारायण क्याम्पसमा बसेको समितिको

२०७४ माघ १३ शनिबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

जनकपुरधाम, १३ माघ । नेपाल बडही समाज केन्द्रिय कर्मचारी तथा बुद्धिजीवी समन्वय समितिको सँयोजकमा धनुषाका चन्द्रदेव ठाकुरलाई मनोनित गरिएको छ ।
शनिबार पोखरामा नेपाल बडही समाज केन्दीय कार्य समितिको बैठकबाट ठाकुरलाई सर्वसहमतिले सँयोजकको जिम्मेवारी दिएका हुन् ।
पोखरामा पृथ्वी नारायण क्याम्पसमा बसेको समितिको चौथो बैठकबाट धनुषा जिल्ला ठाढी झिझा बस्ने तथा हाल काभ्रे जिल्लाको महादेव स्थान स्वास्थ्य चौकीमा कार्यरत ठाकुरलाई समितिको सँयोजक पदमा मनोनित गरिएको हो ।
नेपाल बडही समाज केन्द्रीय समितिका अध्यक्ष धनिक लाल ठाकुरको अध्यक्षतामा बसेको वृहत बैठकबाट गहन छलफल तथा वर्तमान समय उपर विचारविमर्स गर्दै ठाकुरलाई सँयोजकको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।
केन्द्रीय कार्य समितिलाई कास्की जिल्ला कार्य समितिका अध्यक्ष प्राध्यापक देव नारायण सुतिहारले स्वागत गरेका थिए ।
बैठकमा बोल्दै केन्द्रीय समितिका अध्यक्ष धनिकलाल ठाकुरले बडही समाजलाई आत्म निर्भर बनाउनको लागि प्रयासरत रहेको बताउँदै समाजिक विकृति, जातीय विकृतिलाई न्यूनिकरणको लागि नयाँ आयाम सहित विभिन्न प्रकारको जनचेतनामूलक कार्यक्रमहरुको आयोजना मार्फत सुदिृढिकरण गर्ने प्रतिवद्धता जनाए ।
बैठकमा केन्द्रबाट १५ जना सहित विभिन्न जिल्लाबाट एक सय बढी बहडीहरुको मोटो सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…