सिरहामा जग्गा विवादमा झडप हुँदा १५ घाइते
झडपपछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको छ ।

२०७७ जेठ १४ बुधबार, बेलुकी ५:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा जग्गा विवादमा दुई पक्षीय झडप हुँदा १५ जना घाइते भएका छन् ।
नरहा गाउँपालिका–३ चोहर्वा खोरियामा आज (बुधबार) भएको दुई समूहबीचको झडपमा १५ जना घाइते भएका हुन् । लामो समयदेखिको जग्गा विवादको विषयमा छलफल गर्न बुधबार बिहान स्थानीय भेला भएको ठाउँमा झडप भएको हो ।
छलफलमा विवाद हुँदा दुबै पक्षले घरेलु हतियारसहित ढुंगामुढा गर्दा १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज डिएसपी सन्तु जैसवालले बताए । झडपपछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको छ ।
घाइतेहरूको टाउको, हात, खुट्टामा चोट लागेको छ । उनीहरूको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बस्तीमा यसअघि पनि जग्गासम्बन्धी विवादमा दुई समूहबीच दुईपटक झडप भइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…