नेपाल युथ जर्नलको विमोचन
न्यूज ब्यूरो, काठमाडौं । नेपाल युथ जर्नलको तेस्रो अंक शनिबार विमोचन गरिएको छ । भिएओ नेपालसँगकोे सहकार्यमा युथ एड्भोकेसी नेपालद्वारा प्रकासित प्राज्ञिक जर्नलको करिब एकसय प्राज्ञ तथा लेखकहरुको दुर उपस्थितिमा विमोचन गरिएको हो । विमोचन गर्दै कार्यक्रमका प्रमुख अथिति प्राध्यापक अभि अभि सुवेदीले युवाहरु ध

२०७७ जेठ १० शनिबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल युथ जर्नलको तेस्रो अंक शनिबार विमोचन गरिएको छ ।
भिएओ नेपालसँगकोे सहकार्यमा युथ एड्भोकेसी नेपालद्वारा प्रकासित प्राज्ञिक जर्नलको करिब एकसय प्राज्ञ तथा लेखकहरुको दुर उपस्थितिमा विमोचन गरिएको हो ।
विमोचन गर्दै कार्यक्रमका प्रमुख अथिति प्राध्यापक अभि अभि सुवेदीले युवाहरु धनको पछि लाग्नु भन्दा स्वतन्त्र र आलोचनात्मक भएर स्वयंसेवी कार्यमा लाग्नु पर्ने बताए । त्यस्तै, नेपाली युवाहरुको लेख्ने भन्दा बोल्ने बानी वढी भएकाले लेखनकलाको बिकासमा युवा सक्रिय रहनु पर्ने कार्यक्रमका विशिष्ट अथिति डा. उद्धव प्याकुरेलको भनाई थियो ।
कार्यक्रममा पाध्यापक विद्यानाथ कोईरालाले जर्नल लेखनमा पश्चिमा विद्धानमा मात्र भर नपरी पूर्वीय दर्शनलाई पनि महत्व दिनु पर्ने वताए । जर्नलमा प्रकासित युवाको सहभागिता तथा स्वयंसेवासँग सम्बन्धित लेखहरुले नीति निर्माणकर्ता तथा प्राज्ञिकहरुलाई सहयोग पुर्याउने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए ।
कार्यक्रममा सिखा श्रेष्ठ, युग पाठक, डां शान्ता कार्की लगायतका व्यक्तित्वहरुले आफ्नो भनाईहरु राखेका थिए । १८ जना लेखकहरुले तयार पारेका १२ वटा अनुसन्धानमुलक लेखहरुको सम्पादन समुहको संयोजन डा. तारालाल श्रेष्ठ र सदस्यहरु शिव प्रसाद तिवारी, लेखनाथ पाण्डे र प्रविन श्रेष्ठ रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…