वीरगञ्जमा होटललाई क्वारेन्टाइन बनाउने विषयमा प्रहरी र स्थानीयबीच झडप
न्यूज ब्यूरो, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टाइन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ । घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टाइन बनाउन दिएका छैनन् । यता प्रहरीले होटलमै क्वारेन्टिन ब

२०७७ जेठ ७ बुधबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टाइन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टाइन बनाउन दिएका छैनन् । यता प्रहरीले होटलमै क्वारेन्टिन बनाइनुपर्ने बताउँँदै आएको छ ।
भारतमा रहेका नेपाली नागरिकलाई ल्याएर वीरगन्जमै क्वारेन्टाइन बनाएर राख्नुपर्ने भएकाले वीरगन्ज महानगरपालिकाकाले होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको थियो ।
प्रहरीले उक्त ठाउँलाई सफा बनाउन लागेको छ भने स्थानीय बनाउन नदिने पक्षमा विरोध गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…