ब्यूरो अपरेशनः आफ्नै घरबाट 'मिश्र' पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत सीमामा लकडाउनमा पनि भारतीय बजारबाट ल्याउने समाग्रीहरुलाई पार गराइदिने भन्दै असुली गर्दै आएका मनोज मिश्र पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज (मँगलबार) उनको घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्रलाई पक्राउ गरी ल्याएको प

२०७७ जेठ ६ मंगलबार, दिउँसो २:०१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत सीमामा लकडाउनमा पनि भारतीय बजारबाट ल्याउने समाग्रीहरुलाई पार गराइदिने भन्दै असुली गर्दै आएका मनोज मिश्र पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज (मँगलबार) उनको घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्रलाई पक्राउ गरी ल्याएको पुष्टि गरेको छ ।
प्रहरी नीरिक्षक (ईन्सपेक्टर) केदार बस्नेतका अनुसार मनोज मिश्रलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सोमबार बेलुकी न्यूज ब्यूरोमा प्रहरीको घुमुवा हुँ भन्दै सीमामा 'मिश्र' को असुली धन्दा ! शिर्षकको समाचार आएपछि प्रहरी एक्सनमा आएको हो । उनले हाकिम, प्रहरीको नाममा पनि असुली गर्दै आएका हुन ।
विगतदेखिकै असुली धन्दाका कारण नेपाल प्रहरी र सर्वसाधारण नै उनबाट पीडित भएको घट्ना बाहिरिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।
दुई नम्बर प्रदेशलाई कार्यक्षेत्र बनाएर धनुषा र महोत्तरीको प्रहरी र सर्वसाधारणलाई दुःख दिने मिश्रले कहिले आफूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका डिआइजीको घुमुवा हुँ भन्ने त कहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुम्राहमा राखी रकम अशुल्ने कार्य गर्दै आएको भन्दै उनलाई सोही प्रकरणमा पक्राउ गरिएको बुझिएको छ ।
विगतदेखि नै मिश्र स्थानीय व्यापारीहरुबाट हप्ता वसुली झै असुली गरेर बल्याकमेलिँग समेत गर्दै आएका थिए । यसबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…