प्रहरीको घुमुवा हुँ भन्दै सीमामा 'मिश्र' को असुली धन्दा !
प्रहरी प्रमुख समेतलाई मिलाएर विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुलाई अनावश्यक रूपमा दुःख दिने गरेको खुलेको छ ।

२०७७ जेठ ५ सोमबार, राति ९:०७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसलाई लिएर नेपाल–भारतको सीमामा कडाई गरिएको अवस्था छ । प्रहरी प्रशासन देशको खम्बा (पिलर) को रुपमा उभिएको छ ।
तर, यस्तो अवस्थामा पनि नेपाल–भारतको सीमा (बोर्डर) मा एक जनाको असुली धन्दाका कारण स्थानीय व्यपारी मात्र होइन नेपाल प्रहरी पनि आजित भएको अवस्था छ ।
५६ औं दिनदेखि देश लकडाउन अवस्थामा पुग्दा त्यस्को उच्च श्रेणीमा सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भन्सार कार्यालयका कर्मचारीहरु ओहोरात्र खटिदै आएको बेला उनीहरुकै नाममा अवैद्य असुली गर्छन महोत्तरीका मनोज मिश्र ।
लकडाउनको समयमा सरकारी कर्मचारीहरू जसोतसो गरेर आफू असुरक्षित रहँदा रहँदै पनि नागरिकहरुलाई सुरक्षाको प्रत्याभुती दिलाइरहेका बेला कर्मचारी, हामिक, प्रहरीको नाममा सीमामा असुली धन्दा गर्दै आउँदा व्यापारी सहित आम नागरिक समेत आजित भएका छन् ।
मिश्रको विगतदेखिकै असुली धन्दाका कारण नेपाल प्रहरी र सर्वसाधारण नै उनबाट पीडित भएको घट्ना बाहिरिएको छ । हो, झट्ट सुन्दा अपत्यारिलो लाग्ने यथार्थ घट्ना घटेको छ । महोत्तरीको जलेश्वर नगरपालिका वर्डा नम्बर ६ बस्ने अन्दाजी बर्ष ४५ को मनोज मिश्र अवैध अशुली धन्दामा संलग्न रहेको खुल्नमा आएको छ ।
स्रोतका अनुसार दुई नम्बर प्रदेशलाई कार्यक्षेत्र बनाएर धनुषा र महोत्तरीको प्रहरी र सर्वसाधारणलाई दुख दिने मिश्रले कहिले आफूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका डिआइजीको घुमुवा हुँ भन्ने त कहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुम्राहमा राखी रकम अशुल्ने कार्य गर्दैआएका छन् ।
प्रदेशमा जो प्रहरी प्रमुख भएर आए पनि मन जित्न सफल भएका मिश्रले अहिले दुई नम्बर प्रदेश अन्तर्गत रहेका विभिन्न जिल्लाहरुमा सर्वसाधारण तथा ब्यापारीहरु समेतलाई डर, त्रास धम्की दिदै रकम उठाउने अभियानमा लागेको स्रोतले बताएको छ ।
“उनको जबरदस्तीको असुली धन्दाले त हामी आजित भयौं । पैसा माग्छन् , नदिए अडियो सुनाउँछन् र कार्वाही गर्छु भनी धम्की दिन्छन् ।”– नाम नखोल्ने शर्तमा एक व्यापारीले भने ।
उनी थप्छन् : “आफूलाई डिआइजीको पात्र रहेको भन्दै असुली धन्दालाई उनले वितण्डा मच्चाउने गरेका छन् । उनलाई कार्वाही कस्ले गर्ने ? उनले प्रश्न पनि गरे ।
सीमामा लकडाउनको बेला पनि भारतबाट आउने अवैद्य समानहरुलाई चोरबाटो देखाईदिने, सीमाबाट समान पास गराइदिने र त्यसवापत असुली गर्ने गरेको देखिएको छ ।
महोत्तरीको गौशालाका एक व्यापारीसँगको अडियो रेकर्डमा मिश्र भनेका छन्–“अहिले काम चल्दैछ त, सम्सी नाका र इटहर्वा नाका दुवै नाकाबाट काम चल्दैछ रातीमा, काम हुन्छ ।” त्यसपछि ती व्यापारीले छबिलाको नाम लिँदै उनको काम हुन्छ ? भनेर सोध्छन, त्यसपछि मिश्रले, आफू छबिला सँग भेटेको तथा १५०० रुपैयाँ दिएको भनेका छन् ।
यसका साथै, उनले ती व्यापारीसँग भनेका छन्,–“तिम्रो त आईटमहरु नै त्यस्तो छ, अहिले सम्सीबाट सबै किरानाको काम चल्दैछ । तर, समान ल्याउन गएपछि निकाल दिन्छ जसरी पनि ।”
मिश्रले फरार अभियुक्तलाई नियन्त्रणमा लिन सहयोग गरिदिन्छु भन्दै प्रहरी प्रमुख समेतलाई मिलाएर विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुलाई अनावश्यक रूपमा दुःख दिने गरेको खुलेको छ ।
हाकिमहरु समेतको नाममा खुलेआम रूपमा अवैद्य असुली धन्दा जस्ता अपराधिक गतिविधि गरिरहदा समेत प्रहरी प्रमुखहरु मौन रहनुले पनि माथिल्लो निकायकै ब्यक्ति संलग्न त छैनन् भन्ने समेत शंका उब्जिएको छ ।
यता, मिश्रसँग सम्पर्क गर्दा उनले अडियो रेकर्डिङग अरुको हुन सक्ने प्रतिक्रिया दिएका छन् । उनले यस्तो कार्यमा सँलग्न नभएको भनेर प्रतिक्रिया दिएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…