राहत वितरणमा सक्रिय गौरीबास–काठमाडौं समाज
उपचारको लागि नगद पनि सहयोग गरेको समाजका अध्यक्ष घिमिरेले बताउनुभयो।
२०७७ जेठ ४ आइतबार, राति ९:२२ बजे१ मिनेट पढाइ

मातृका सुवेदी, काठमान्डौं । गौरीबास–काठमाडौं समाजको विशेष पहल तथा सक्रियतामा काठमाडौंको कपनमा रहेको रेड–नेपाल नामक संस्थामा रहेका २५ कुष्ठरोगी परिवारलाई खाद्य सामाग्री वितरण गरिएको छ ।
गौरीबास काठमाडौं समाज संगको सहकार्यमा संसारमणि ढुङ्गेलद्वारा लकडाउनबाट प्रभावित अति विपन्न परिवार, बिरामी र कुष्ठरोगीहरूका लागि खाद्य सामाग्री वितरण गरिएको गौरीबास(काठमाडौं समाजका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिनुभएको छ ।
अध्यक्ष घिमिरेका अनुसार गौरीबास(काठमाडौं समाजकै पहल र सक्रियतामा काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीबिहीन सहित अन्य २० परिवारलाई समेत खाद्य सामाग्री बितरण गरिएको छ ।
समाजको सहभागिता र समाजसंगको सहकार्यमा महेन्द्र बस्नेत, मन्दिरा बस्नेत र मधुकर खड्काद्वारा अति विपन्न परिवार, विरामी र दृष्टीबिहीनहरूका लागि उक्त खाद्य सामाग्री वितरण गरिएको गौरीबास(काठमाडौं समाजका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
समाजका सदस्य किरण शाहीले खाद्यान्नसहित औषधी उपचारको लागि नगद पनि सहयोग गरेको समाजका अध्यक्ष घिमिरेले बताउनुभयो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मातृका सुवेदी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…