गरिबलाई छाडेर आफ्नो पार्टीका व्यक्तिलाई मात्र राहत दिएपछि बबाल !
कुनै किसिमको पक्षपात नगरेको दाबी गर्दै केही युवाहरुले होहल्ला गरेको प्रतिक्रिया दिएका छन् ।

२०७७ बैशाख २७ शनिबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गरिब र विपन्नलाई बायकट गरी आफ्नो मान्छेहरुलाई मात्र राहत दिएपछि सिरहामा बबाल भएको छ ।
सिरहाको सुखिपुर नगरपालिका वडा नं. ३ ले राहत वितरणको क्रममा मापदरण्डमा परेका व्यक्ति र परिवारलाई छाडेर आसेपासे तथा पार्टीगत हिसाबले धनी वर्गीयलाई पनि राहत दिएपछि युवाहरुले बबाल मच्चाएका हुन ।
वडाध्यक्ष विजय करण दासले निमुखाहरुलाई बायकट गरी आसेपासेलाई मात्र राहत दिएपछि स्थानीय युवाहरुले होहल्ला गरेपछि राहत वितरण कार्यक्रममा तत्कालै विवाद भएको थियो ।
राहत वितरणको क्रममा त्रुटि भएको भन्दै सुखिपुर नगरपालिका वडा नं. ३ कुसहा लक्ष्मीनियाका युवा नेता गुमस्ता कुमार यादव, सुरेन्द्र (सुरेन) प्रसाद यादव लगायतका युवाले वितरण गर्न रोक लगाएको हो ।
रोक लगाउनुको कारण राहत पाउने गरिब बिपन्न वर्ग बाहेक पार्टीका कर्याकर्ता र धनीहरुलाई राहत वितरण गरेको खबर पाए लगतै राहत वितरण कार्यक्रम तत्कालका लागि रोक्न लगाएको युवा नेता गुमस्ता यादवले बताए ।
बिवाद भएपछि राहतको लागि नेम लिष्ट तयार पार्ने प्रतिनिधीहरु संग छलफल भएर मात्रै राहत वितरण गर्ने तत्कालै सहमती भएपछि विवाद मिलाईएको ईलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ ।
यता वडाध्यक्ष दास आफुले राहत वितरणमा कुनै किसिमको पक्षपात नगरेको दाबी गर्दै केही युवाहरुले होहल्ला गरेको प्रतिक्रिया दिएका छन् ।
सुखीपुर नगरपालिका वडा नम्बर ३ को ९ सय ७ घरधुरीमध्ये ५ सय ११ जनालाई प्रति परिवार २५ किलो चामल, १ किलो नुन वितरण गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…