सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मदिरा सेवन गरेर अत्यधिक गतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भएर ट्रकमा ठोक्किएको बताइएको छ ।

२०७७ बैशाख २६ शुक्रबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
अग्निसाईर कृष्णासवरण गाउँपालिका–२ सितापुरस्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार विहान भएको मोटरसाइकल दुर्घटनामा अग्निसाईर कृष्णसावरण ३ का ३६ वर्षीय तरुण सरदारको मृत्यु भएको हो ।
अर्का एक जना घाइते भएका छन् । मोटरसाइकलमा पछाडि बसेका ३५ वर्षीय विक्रम सरदार घाइते भएका हुन् । उनको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६१२६ नम्बरको रोकी राखेको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको स ८ प ५६२९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर ट्रकमा ठोक्किएको थियो । उनीहरु मदिरा सेवन गरेर अत्यधिक गतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भएर ट्रकमा ठोक्किएको बताइएको छ ।
दुर्घटनापछि घाइते दुबैलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा चालक तरुणको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । विक्रमको भने विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…